प्रस, पोखरिया, १७ भदौ/
इलाका प्रहरी कार्यालय पोखरियामा नवनिर्मित दुई कोठे भवनको बुधवार उद्घाटन भएको छ ।
प्रदेशसभा सदस्य प्रह्लाद गिरीले भवनको उद्घाटन गरेका थिए । उनले प्रहरीलाई बासको लागि भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रदेशसभा सदस्य गिरीको संसदीय विकास कोषबाट रु आठ लाख र विभिन्न गापा तथा व्यक्तिको सहयोगमा भवनको निर्माण सम्पन्न भएको इप्रका पोखरियाका प्रनि चन्द्र सिंहले बताए । उनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रदेशसभा सदस्य मन्जुर अन्सारी, संविधानसभा सदस्यद्वय प्रद्युम्न चौहान, रामेश्वर रौनियार, उपप्रमुख सलमा खातुन, वडाध्यक्ष लछुमन साह कानु, पूर्व प्रवउ सदानन्द कुर्मी, सशस्त्र प्रनि हरित बडुवाललगायतको सहभागिता थियो ।