प्रस, वीरगंज, १६ भदौ/
वीरगंजमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ। ३५ दिनदेखिको निषेधाज्ञा र कन्ट्याक्ट ट्रेसिङ एवं परीक्षण कम हुँदा सङ्क्रमित थपिने सङ्ख्या पनि कम हुँदै गएको हो।
भदौ १६ गते नारायणी अस्पताल पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको नतीजा अनुसार ४१४ वटा नमूना परीक्षणमा ३ महिलासहित २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जनाए। जसमा पर्साका १८ जना र बाराका २ जना रहेका छन्। ४१० स्वाब नमूनाको पिसिआर परीक्षणबाट ३ महिलासहित १८ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने चारजनाको जिन एक्सपर्ट परीक्षण गर्दा बारा र पर्साका १/१ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।