स्व रामको परिवारलाई सहयोग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, १५ भदौ/
    प्रहरीको यातनाबाट हिरासतमा मृत्यु भएका विजय रामको परिवारलाई गरुडा नगरपालिकाका नगरप्रमुख, उपप्रमुखले नगद १ लाखसहित खाद्यान्न सहयोग गरेका छन्।
    नगरप्रमुख इनुराय यादव, उपप्रमुख रङ्गिला जयसवाल, कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जसपाका नेता बृजकिशोर यादव, दलित प्रतिनिधि बिगु पासवान, नेकपाका नेता शेख कलिमुल्लाहको टोली स्व रामको घरमा पुगेर उनको परिवारलाई १ लाखको चेक र १२५ किलो चामल, १०/१० किलो नून, तेल, दाल र फलफूल सहयोग गरेको हो। प्रहरी हिरासतमा कुटाइबाट मृत्यु भएका रामलाई न्याय दिलाउने आश्वासन सो टोलीले दिएको छ।
    दोषीलाई कुनैपनि हालतमा उम्कन नदिने भन्दै उनीहरूले हाल हिरासतमा रहेका छजनामध्ये चारजना निर्दोष देखिएका र उनीहरूलाई २४ घण्टाभित्र रिहा गराउने प्रतिबद्धता पनि जाहेर गरे।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस