पर्सामा १९ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, १० भदौ/    पर्सा जिल्लामा बुधवार १९ जना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार ४ जना महिला र १५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।    वीरगंज महानगर–४, ५, ९, १५, १६, २२, धोबिनी गाउँपालिकाको वडा नं. १ मा एक/एक जना र पर्सागढी नगरपालिकाको वडा नं. ४ मा १२ जना […]

कोरोनाको कारण अदालतको सेवा बन्द

प्रस, जनकपुरधाम, १० भदौ/प्रदेश नं २ उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा र महोत्तरी जिल्ला अदालतको अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द भएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि अदालतको सेवा बन्द गरिएको हो।उच्च अदालत जनकपुरधाम, सरकारी वकीलको कार्यालयका कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि सेवा बन्द गर्नुपरेको हो। अत्यावश्यकबाहेक सम्पूर्ण सेवा भदौ १५ गतेसम्मका लागि […]

सिपिएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ

काठमाडौं, १० भदौ/रासस    क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन्।    उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे। गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दीपले एक विकेट लिए। जमैका तलावाजबाट खेलिरहेका उनले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए। योसँगै […]

काम त भइरहेकै छ

    कोरोना महाकालका रूपमा विश्वभरि देखा परिरहेको छ। तर पनि मनोबल, जिजीविषाले मानिस काम गरिरहेको छ, बाँचिरहेको छ। विश्वका धेरै राष्ट्रले यस महामारीले भोलिका दिन झन् भयावह नहोस् भनेर मानिसका लागि अत्यावश्यक काम गर्ने चाँजोपाँजो मिलाएका छन्। अब मानिसले यस महामारीसँग डराएर होइन, डटेर सङ्घर्ष गर्दै काम पनि गरिरहने साहस देखाउन थालेको छ। हो जहाँ […]

उत्तरदायित्व बुझोस् वीरगंजले

– सञ्जय साह मित्र    वीरगंज एउटा शहर त हो तर यो शहर मात्र पनि होइन। वीरगंजको भूगोल पनि छ, वीरगंज एउटा भूगोल मात्र होइन। वीरगंज यस प्रदेशको एकमात्र महानगर हो र देशको आर्थिक राजधानी पनि हो तर यो मात्र किमार्थ होइन। वीरगंजले इतिहासमा धेरै राम्रो काम गरेको छ, इतिहास निर्माण गरेको छ, आफ्नै भरमा इतिहासलाई […]

कोरोना महामारी कि आतङ्क

– कुमार रुपाखेती    कोरोनाका बारेमा थुप्रै विपरीत कुराहरू बाहिर आउन थालेका छन्। कोरोना कुनै किसिमको महामारी नभई सुनियोजित महाआतङ्क हो भन्ने कुराहरू सतहमा आएका छन्। कहिले इबोला, कहिले स्वाइनफ्लू, कहिले एचआइभी/एड्सजस्तै अहिले कोरोना महामारीको ढिंढोरा पिटेर डब्ल्युएचओ र संसारमा नाम कहलिएका फर्मास्युटिकल्सका सोल एजेन्टहरू तथा केही मिडियाले मिलेर मानव जातिमाथि अन्याय र अत्याचार गरेको आरोप […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।