बलात्कारको उजूरी दर्ता

0
335

प्रस, जनकपुरधाम, ५ भदौ/
    ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना ४५ वर्षीय पुरुषको खोजी गरिरहेको छ।
    महदेवा गाउँँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजूरी प्रहरी कार्यालयमा दर्ता भएको छ।
    पीडित बालिकाकी आमाले दिएको उजूरीमा सामूहिकरूपमा टेलिभिजन हेरिरहेका बेला सरदारले गत सोमवार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब चार सय मिटर टाढा लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here