प्रस, सिराहा, २ भदौ/
सिराहाको चन्द्र माविको आइसोलेशनमा उपचाररत पाँचजना सङ्क्रमित कोरोनालाई जितेर मङ्गलवार घर फर्किएका छन्।
सिराहा नगरपालिका वडा नं. १४ का १९ वर्षका एकजना पुरुष कोरोनालाई जितेर घर फर्किएका छन्। त्यसैगरी, जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ३ की २२ वर्षीया महिला र २४ वर्षीय पुरुषसमेत २ जना, कर्जन्हा नगरपालिका वडा नं.८ का ३४ वर्षीय पुरुष र मिर्चैया नगरपालिका वडा नं. ६ का २९ वर्षीय पुरुष पनि कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्। उनीहरूको पिसिआर रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको चन्द्र मावि आइसोलेशन वार्डका इन्चार्ज डा सरबिन्दर मण्डलले बताएका छन्।
सिराहाको चन्द्र मावि आइसोलेशनमा अझै २३ जना सङ्क्रमित उपचाररत रहेका इन्चार्ज डा मण्डलले जानकारी गराएका छन्।