७ महिलासहित २३ जना सङ्क्रमित पुष्टि

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ३१ साउन/
    नारायणी कोभिड प्रयोगशालाले शनिवार २३ जना सङ्क्रमित पुष्टि गरेको छ। सात महिलासहित २३ जना सङ्क्रमित थप भएका छन्।
    थप भएका सङ्क्रमित अधिकांश कन्ट्याक्ट टे«सिङमा र एकजना निजी खर्चमा पिसिआर परीक्षण गराएका थिए। आज थपिएका सङ्क्रमितमा क्वारेन्टाइन र कोभिड विशेष अस्पतालमा भोजन व्यवस्थापन गर्दै आएको हिमाल भान्साघरका एकजना, कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरका दुईजना, उच्च अदालत वीरगंज इजलासका एकजना खरीदार, लघुवित्त वित्तीय संस्थाका सहायक प्रबन्धक, नेपाल इन्भेस्टमेन्ट बैंक जीतपुरका एकजना कर्मचारी, नारायणी अस्पताल, वयोधा अस्पतालका कर्मचारीलगायत छन्।
    यसैगरी, सङ्क्रमितहरू वीरगंज महानगरका छपकैया, महावीरस्थान, माईस्थान, लक्ष्मणवा, भिस्वा, भवानीपुर, अपौनी, हरपतगंज, पर्सागढी नगरपालिका र बाराको कलैया उपमहानगरपालिका–१२ निवासी  छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।