सवा तीन लाखसहित पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २६ साउन/
प्रहरी चौकी भिस्वाले ३ लाख २५ हजार नेपाली रुपैयाँसहित एकजना व्यापारीलाई पक्राउ गरेको छ ।
भिस्वाका नेपाली व्यापारी सोनु कुमारलाई सोमवार दिउँसो भारतको इनर्वाबाट नेपालको सीमा बुडगाईं भएर सो रकम लिएर आउने क्रममा भिस्वा प्रहरीले पक्राउ गरेको प्रहरी चौकी भिस्वाका इन्चार्ज प्रेम खत्रीले बताए ।
इन्चार्ज खत्रीले हुण्डीको कारोबारमा सो रकम प्रयोजन हुन सक्ने बताए । सोनु र रकम इप्रका पोखरिया पठाइएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।