वीरगंजमा बन्द गर भन्दा खुल्ने पसलहरू, खोल भन्दा बन्द

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २५ साउन/
कोभिड–१९ व्यवस्थापन सङ्कट केन्द्र पर्साले साउन २३ गतेको बैठकबाट निषेधाज्ञा अवधिमा मापदण्ड पूरा गरी पसल, व्यवसाय, बैंक सञ्चालन गर्न निर्णय गरे पनि वीरगंजमा समुदायस्तरमा कोरोना फैलिएको कारण व्यवसायीहरूले नै पसल खोलेका छैनन्।
केन्द्रले साउन १० गतेदेखि सदरमुकाम र साउन १९ गतेदेखि जिल्लाभर अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवा बन्द गर्न निर्देशन जारी गरेकोमा साउन २३ गतेको निर्णयबाट पसल, उद्योग, व्यवसाय सञ्चालन र बैंकिङ सेवा सुचारु गर्न दिने निर्णय गरेको थियो।
स्वास्थ्य र सुरक्षाका शर्तहरू पूरा गरी भीडभाड नगरेर स्थानीय तह र प्रहरीसँगको सहकार्यमा उचित समयमा सञ्चालनको अनुमति दिए पनि वीरगंज महानगरमा कुनै पनि पसल, व्यवसाय सञ्चालनमा आएनन् भने बैंक पनि खुलेनन्।
यसअघि लकडाउन, निषेधाज्ञा लागू हुँदा व्यवसाय र बैंक सञ्चालनको माग हुने गरेको थियो। अहिले केन्द्रले नै व्यवसाय र बैंक सञ्चालनको निर्णय गर्दा सङ्क्रमणको त्रासले कसैले पनि सञ्चालन गरेका छैनन्।
वीरगंजको मुख्य सडकका सबै पसल बन्द छन्। यसैगरी, लुकीछिपी खोल्ने रानीघाट, बिर्ता, नगवा, राधेमाई, मुर्ली, छपकैयासमेतमा पसलहरू बन्द भएका छन्।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले निषेधाज्ञा लम्बिंदै जाँदा पनि कुनै पनि व्यवसायीले यसपटक पसल खोल्न फोन नगरेको बताए। यसअघि उनले कोरोना सङ्क्रमण समुदायमा नदेखिंदा व्यवसायीको फोन आएर हैरान हुने र उनीहरू स्वयम् आन्दोलनमा उत्रेर दबाब दिने गरेको बताए। सङ्घले अहिले बैंक सञ्चालनमा जोड दिएको अध्यक्ष केडियाले बताए। भन्सार खुला गरिएको कारण बैंकिङ सेवा सुचारु नहुँदा व्यवसायीहरूलाई मर्का परेको उनको भनाइ छ। वीरगंज भन्सार, सुक्खा बन्दरगाह, आइसिपीमा रहेका बैंकमा मात्र सबै व्यवसायीको खाता नभएको हुँदा त्यसबाहेकका बैंकहरू बन्द हुँदा आर्थिक कारोबारमा समस्या भएको अध्यक्ष केडियाले बताए।
बैंकर्स एशोसिएशनका अध्यक्ष्F रोशनभक्त श्रेष्ठले तोकिएका भन्सार क्ष्Fेत्रबाहेक अन्यत्र बैंक सेवा साउन महीनाभरि सञ्चालनमा आउन नसक्ने बताए। उनले बैंकर्सहरूमा पनि सङ्क्रमण देखिएको र समुदायस्तरमा सङ्क्रमण फैलिरहेको अवस्थामा जोखिम उठाउन नसकिने बताएका छन्। भदौ १ गतेदेखि नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार आलोपालो व्यवस्थाबाट बैंकिङ सेवा शुरू हुन सक्ने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।