गाडीले किचेर सहचालकको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ साउन/
वीरगंजको आइसिपीमा गाडीले किचेर सहचालकको मृत्यु भएको छ।
मृत्यु हुने भारत, बा–ह वन, जिल्ला पिपरिया बस्ने २९ वर्षीय रामअचल कास्य रहेको प्रहरीले जनाएको छ। एपी ४७६० नं.को गाडीका सहचालक कास्य गाडीको तल सुतिरहेको अवस्थामा दिउँसो गाडी गुडेपछि त्यसले किचिएर उनको मृत्यु भएको हो। सो गाडी आन्ध्र प्रदेशबाट तीन दिनअघि सामान बोकेर नेपाल आएको र आज बिदा भएकोले भन्सार बन्द थियो।
प्रहरीका अनुसार भारतबाट आएका अन्य गाडीका चालकहरूले सहचालक कास्य गाडी तल सुतेको अवस्थामा अचानक गाडी गुडेपछि उनको घटनास्थलमैं मृत्यु भएको प्रहरी चौकी श्रीसियाका प्रनानि गजानन्द साहले जानकारी गराए। उनको शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।