प्रस, वीरगंज, ११ जेठ/
कोरोना सङ्क्रमित तथा तिनका परिवारलाई गरिने भेदभावका कुरा सार्वजनिक भइरहेका बेला अहिले सङ्क्रमित क्षेत्रका बासिन्दाहरूमाथि नै भेदभाव भइरहेको प्रकाशमा आएको छ ।
पर्सा जिल्लामा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको वडा नं ३ का साथै सङ्क्रमितहरू भेटिएका वडा नं २, १६ लगायतका क्ष्Fेत्रका मानिसहरूमाथि भेदभाव भइरहेको छ। खासगरी, वडा नं ३ का बासिन्दाहरूमाथि उद्योग, बैंक, अस्पताल, प्रहरीसमेतले भेदभाव गरिरहेका स्थानीयले गुनासो गरेका छन् ।
वीरगंज–३ निवारी सूर्य नेपालमा कार्यरत कर्मचारीहरूलाई अहिले उद्योगमा प्रवेश गर्न दिइएको छैन। सूर्य नेपालमा वडा नं ३ मात्र होइन वीरगंज क्ष्Fेत्रकै मानिसलाई प्रवेशमा निषेध गरिएको छ । कतिपय कर्मचारीले पिसिआर परीक्षण रिपोर्ट लिएर जाँदा पनि उनीहरूलाई प्रवेश गर्न नदिएको एक कर्मचारीले बताए ।
यसैगरी, नेपाल बैंक लि., कृषि विकास बैंक, नबिल बैंकलगायतका बैंकमा कार्यरत वीरगंज–३ निवासी कर्मचारीहरूलाई पनि बैंकमा प्रवेश गर्न नदिइएको गुनासो बढेको छ।
वैशाख १४ गते वीरगंज–३ का एकजना सरसफाइ कर्मचारीमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो। त्यसपछि अहिलेसम्म वडा नं ३ मा मात्रै चालीसजना सङ्क्रमित भेटिएका छन्। पहिलो सङ्क्रमित सरसफाइ कर्मचारी जेठ १० गते अस्पतालबाट डिस्चार्ज भएका थिए। तर यो क्ष्Fेत्रमा रहेका बासिन्दाहरूलाई आआफ्नो कार्यक्षेत्रमा काम गर्न अहिले पनि रोक लगाइएको छ। बैंक प्रबन्धकहरूले घरमैं बसेर काम गर्न, कार्यालयमा नआउन निर्देशन दिएको एक कर्मचारीले बताए।
यसैगरी, नेशनल मेडिकल कलेजमा कार्यरत सो वडाका मानिसहरूलाई पनि त्यहाँ काम गर्न रोक लगाइएको छ। आधा महीनाको बिदा दिएर उनीहरूलाई घरमैं बस्न भनिएको छ।
यस प्रकार वडावासी थुप्रै कर्मचारीहरूले आआफ्नो कार्यक्षेत्रमा काम गर्न जान नपाएको बताएका छन् । कतिपयले स्वाब नमूना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि काम गर्ने वातावरण सृजना भएको बताए। वडाध्यक्षमार्फत् पिसिआर परीक्षण गरी नेगेटिभ रिपोर्ट अस्पतालबाट प्राप्त गरेर काममा जाँदा रोक नलगाइएको बताएका छन्। अस्पतालमा सङ्क्रमितहरूको परिवार र उनीहरूसँग गरिने भेदभावसँगै अहिले सङ्क्रमित क्षेत्रहरूकै व्यक्तिहरूसँग भेदभाव भएको पाइएको छ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले धेरैजसो उद्योग बारा जिल्लामा रहेका हुँदा आफूलाई सोबारे गुनासो नआएको बताए। उनले लकडाउनमा प्रायः उद्योगहरू बन्द भएका र त्यसमा पनि खुलेका उद्योगहरू पर्सा जिल्लामा नपरेकाले यस प्रकारको गुनासो नसुनिएको बताएका छन्।