प्रस, वीरगंज, १४ फागुन/
जिल्ला प्रशासन कार्यालय, बारामा परेको अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी उजूरीमध्ये ७७९ वटा उजूरीलाई मिलापत्र र सहमतिबाट समाधान गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
उनले वैशाख १७ गतेदेखि जिल्ला प्रशासनमा ३३३२ वटा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी उजूरी परेको र त्यसमध्ये पहिलो चरणमा माघको अन्तिमसम्म ६७५ वटा र फागुन १ गतेदेखि फागुन १३ गतेसम्म १०४ वटा उजूरीमा मिलापत्रगरी सहमति गराइएको बताएका छन् ।
उनले उजूरीमा उल्लिखित भएको माग बमोजिमको रकम २३ करोड ९२ लाख ३१ हजार ७८२ मध्ये मिलापत्र, सहमतिबाट १५ करोड १९ लाख ३७ हजार ४११ रुपियाँमा टुङ्गो लागेको बताए । यसैगरी सहमतिमार्पmत ८३ वटा जग्गा (२१ बिघा १५ कठ्ठा १६ धुर) फिर्ता गराइएको जानकारी गराएका छन् ।