प्रस, पोखरिया, १८ साउन/
जीराभवानी गाउँपालिका–५ शङ्करसरैयामा पत्नीको हत्या आरोपमा पति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले जीराभवानी गाउँपालिका–५ शङ्करसरैयाको मुसहरटोल निवासी २४ वर्षीया अस्पतलिया देवीको हत्या आरोपमा निजका पति जीतन माझीलाई पक्राउ गरेको जनाएको छ । जीतनले पत्नी अस्पतलियालाई हिजो साँझ साढे ६ बजे घरायसी विवादमा कुटपिट गरेको र उनको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पत्नीको मृत्युपछि जीतनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।