• About
  • Advertise
  • Careers
  • Contact
Friday, August 8, 2025
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

पाइपलाइन परियोजना

प्रतीक दैनिक by प्रतीक दैनिक
August 4, 2025
in गृहपृष्ठ, सम्पादकीय
0 0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आयल निगमले लोथर खोला र राप्ती नदी दोभानको किनारमा ग्रीनफिल्ड टर्मिनल निर्माण गर्दै अमलेखगंज–लोथर पाइपलाइन विस्तार गर्ने योजना अघि बढाएको छ । यो परियोजना मुलुकको ऊर्जा सुरक्षालाई बलियो बनाउने, ढुवानी प्रणालीलाई आधुनिक रूप दिंदै दीर्घकालीन खर्च घटाउने दिशामा उल्लेखनीय प्रयास हो । हाल अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइन सञ्चालित छ । अब त्यही पाइपलाइनलाई ६२ किलोमिटर थप विस्तार गरी लोथरसम्म पुर्‍याइने भएको हो । परियोजनाको लागत करीब १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जसमा नेपाल आयल निगमको १० अर्ब र इन्डियन आयल कर्पोरेशनको पाँच अर्ब लगानी रहनेछ ।

पाइपलाइन बिछ्याउनुको मुख्य फाइदा भनेको ढुवानी लागतमा हुने कटौती हो । हाल अमलेखगंजदेखि लोथरसम्म पेट्रोल, डिजेल र मटीतेल ट्याङ्करमार्फत ढुवानी हुँदै आएको छ । औसतमा दैनिक ५०० भन्दा बढी ट्याङ्करको ओहोरदोहोर हुने र प्रतिट्याङ्कर ढुवानी भाडा न्यूनतम १०,००० रुपैयाँ मान्दा प्रतिदिन ५० लाख र वार्षिक लगभग एक अर्ब ८३ करोड रुपैयाँ निगमले तेल ढुवानीमा खर्च गरिरहेको अनुमान गर्न सकिन्छ ।

पाइपलाइनबाटै लोथरसम्म इन्धन ढुवानी हुने हो भने, भाडा खर्च सीधैं बचत हुनेछ । त्यसो गर्दा १५ अर्बको लगानीमा बनेको पाइपलाइन र भण्डारण गृहको लागत करीब आठ वर्षभित्रमा केवल भाडा बचतबाटै लगानी फिर्ता हुने देखिन्छ । यो तथ्यले यो परियोजना आर्थिकरूपमा लाभदायक मात्रै होइन, दीर्घकालीन ऊर्जा सुरक्षाको दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण रहेको पुष्टि गर्छ । पाइपलाइनको माध्यमबाट इन्धन ढुवानी गर्दा ढुवानी समय, जनशक्ति लागत, सवारी दुर्घटनाको जोखिम, सडकको क्षति, इन्धन चुहावटजस्ता समस्याबाट छुटकारा पाइनेछ । ढुवानी विश्वसनीय, सुरक्षित र निरन्तर हुने भएकोले देशको इन्धन वितरण प्रणाली थप प्रभावकारी बन्नेछ ।

यसबाहेक भण्डारण गृह निर्माणसँगै स्थानीय तहमा रोजगार, व्यवसाय, पूर्वाधार निर्माण र कृषि उत्पादनको बजार अभिवृद्धि हुने देखिन्छ । परियोजनाको स्थल रहेको राप्ती नगरपालिका–१ मा मात्रै २३ बिघा १२ कट्ठा जग्गा उपयोगमा ल्याइँदैछ, जहाँ तटबन्ध, सडक, विद्युत् र खानेपानीजस्ता संरचना बन्नेछन् । यसले पूर्वी चितवनलाई बाढीको जोखिमबाट जोगाउने मात्र होइन, स्थानीय उत्पादन र श्रमको उपयोग गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनेछ ।

सरकार र निगमले यस परियोजनाको पारदर्शितासँगै दक्ष जनशक्ति परिचालन, वातावरणीय प्रभाव मूल्याङ्कन र स्थानीय सहभागिता सुनिश्चित गर्न जरुरी छ । स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिकको अपेक्षा अनुसार रोजगार सृजना, व्यावसायिक वातावरण विस्तार र विकासमा उनीहरूको भूमिका सुनिश्चित गरिनुपर्छ । पेट्रोलियम ढुवानी प्रणालीमा पाइपलाइनको उपयोग एक देशका लागि रणनीतिक र पूर्वाधारयुक्त उपलब्धि हो । अमलेखगंज–लोथर पाइपलाइन तथा भण्डारण गृहको निर्माण नेपालको ऊर्जा सुरक्षालाई दिगो बनाउन अग्रगामी कदम हो ।

राज्यको ढुवानी खर्च घटाउनु, आपूर्ति प्रणालीको स्थायित्व बढाउनु र पूर्वाधारको माध्यमबाट स्थानीय समृद्धि ल्याउनु सरकारको महत्त्वपूर्ण दायित्व हो । यो परियोजनाले त्यो दायित्व पूरा गर्ने सम्भावना बोकेको छ । यसर्थ कार्यान्वयनको गति अब ढिला गरिनुहुन्न । कुनै पनि बहानामा परियोजनालाई अवरोध तथा विलम्ब गराउनेतर्फ कुनै पक्ष नलागोस् ।

Previous Post

आधुनिकीकरण र पश्चिमाकरणबीचको अन्तर

Next Post

पत्नीको हत्या आरोपमा पति पक्राउ

Next Post

पत्नीको हत्या आरोपमा पति पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Category

Site Links

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
    • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.