लाठको क्षमादान उपन्यास विमोचित
प्रस, परवानीपुर, २३ फागुन/ वीरगंजका उद्योगपति तथा लेखक गणेशप्रसाद लाठको चौथो कृति ‘क्षमादान’ को एक कार्यक्रमबीच विमोचन भएको छ। आदर्शनगर जैन धर्मशालामा आयोजित कार्यक्रममा उपन्यास क्षमादानको विमोचन भएको हो। साहित्यकार तथा अध्यापक मुकुन्द आचार्य, पाठशाला वीरगंजका अध्यक्ष बालगोपाल थापा, लेखक लाठ, पुस्तक प्रकाशन गर्ने नेपा–लयकी वन्दना मास्केलगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा पत्रकार […]
वीमनपा ठीक्क ! बिरालो भन्छ थुक्क
मुकुन्द आचार्य वीरगंज वीरहरूको नगरी हो किनभने यसको नामको ‘वीर’ वीर शमशेरको नामकै मूल अंश हो। यसको न्वारन कसले, कहाँ, कसरी गरायो, त्यसको वीरता कुन विषयमा थियो, ती सब कुरा तपसीलका हुन्। हालसाल तिनलाई खोतलखातल पार्न जरुरी देखिन्न। त्यसो त अहिले सबै आफूलाई वीर (हीरो) नै ठान्छन्। वर्तमानमा चहार्दा यो वीरगंज नगरी पहिलेको दाँजोमा निकै […]
राष्ट्रिय घोडेजात्रा
मुकुन्द आचार्य हाम्रो देशमा अनेकथरीका जात्राहरू भइरहन्छन्। सित्तैमा जात्रा हेर्न पाउने हामी नेपाली कति भाग्यमानी छौं भनेर साध्य छैन। कहिले रथजात्रा, कहिले गाईजात्रा, कहिले घोडेजात्रा, कहिले नारा जुलुसको जात्रा आदि इत्यादि १ राजनीतिक समर्थन र विरोधका जात्राहरू छँदैछन्। प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिच्दै गरिएको सदन विघटनलाई सर्वोच्चले लत्याएपछि देशमा जात्राहरू पुनः शुरू भएका छन्। […]
बिहेमा को–को थिए ?
मुकुन्द आचार्य विवाह शब्द नै खिइएर बिहे बन्न गएको हो। छोटकरीमा भन्नुपर्दा, जिब्रोको सजिलोका लागि अङ्ग्रेजीको ‘ब्रदर’ ब्रो भयो, युनाइटेड किङ्गडम युके भयो, युनाइटेड स्टेट्स अफ अमेरिका ‘युएसए’ बन्न पुग्यो, मार्केट–मार्ट भयो, मदरबाट मम भयो। मान्छे सा–है छोटो हुँदै गयो। त्यसैले अचेल बिहेवारी पनि छोटकरीरूपमा हुन थाल्यो। त्यसो त हाम्रो हिन्दू समाजमा चट मँगनी […]
अमवा के डारी में बोले रे कोयलिया
मुकुन्द आचार्य हाम्रँे सानो देशमा धेरै थरीका भाषाभेष छन् । एकजना त भेषबहादुर थापा थिए, धेरैलाई सम्झना होला । भेषभाषा आदिको भिन्नताले नै त देश रमाइलो, घमाइलो हुँदो रै‘छ ।तसर्थ नेपालको तराई भेगमा पनि भोजपुरी, मैथिली, अवधी, थारू, राजवंशी आदि भाषाको राम्रँे उपस्थिति छ । भोजपुरी भाषाको लोकगीतको यो सर्वप्रसिद्ध त्रबोल हो । कोइलीले कुहु–कुहु […]
अन्तरजातीय विवाह
मुकुन्द आचार्य आजको सुपरफास्ट युगमा यो अन्तरजातीय बिहे कुनै समस्या नै होइन भन्ने र मान्नेहरूको सङ्ख्या विश्वमा कोरोनाझैं ह्वात्तै बढेको छ। यसो एक निमिष गम्दा ‘ए हो त… नि १’ भन्ने पनि थुप्रै होलान्।युग फेरियो फेशन फेरियो, हेर्ने चश्मा फेरियो, फरिया फेरिएर टाइट पैन्ट लाउन थाले। निकै टिमिक्क परेर हिंड्नेहरूका नाभी मुन्तिरका अङ्ग–प्रत्यङ्ग प्रस्टै परिलक्षित […]
गाली शब्दकोष बजारमा !
मुकुन्द आचार्य बजारमा हजार ! भन्सारमा संसार ! व्यापारमा अपार ! तैपनि यो संसार असार ! एक दिन सधैं छोडेर जानु छ। कालले खटाएको मानु खानु छ। तैपनि सर्वत्र सधैं हाहाकार। थुक्क साला संसार !! यस्तो बेथितिको संसार कुन चै भँडुवाले बनाएको होला। फेला त परोस्, मैले जान्या छ !प्रिय पाठकवर्ग ! माथिल्लो पाराग्राफ पढेर […]
आयो जुलूस मौसम
मुकुन्द आचार्य जुलूस, आन्दोलन, नारा, बन्द, आमसभा, प्रचारप्रसार, विपक्षीको सारा जन्मकुण्डली हेरेर उसको कमीकमजोरीको व्यापक प्रचार, एकअर्कामाथि दोषारोपण (दोष भएपनि न भएपनि) जुलूसमा शक्ति प्रदर्शन, सानो कुरालाई बढाएर ठूलो पार्ने, सानो असमझदारीलाई ठूलै झगडाको रूपमा परिणत गर्ने जस्ता घटना, दुर्घटना, अन्तिममा कुटाकुट, पछि–पछि आफ्ना प्रतिद्वन्द्वी, विपक्षीको रहस्यमय मृत्यु आदि इत्यादि सम्पूर्ण चर्तिकला मिसाएर यौटा ‘राजनीति’ […]
देश ठूलो कि कुर्सी ?
मुकुन्द आचार्य देश ठूलो कि कुर्सी भनेर कसैले सोधे भने हामी ‘कुर्सी’ भन्छौं। देशभन्दा कुर्सी किन ठूलो भनी पुनः प्रश्न गर्दा जवाफ आउँछ– कुर्सी भनेको माहुते हो, जसले विशाल हात्ती (देश)लाई हाँक्दछ।आज प्रश्न यस्तो किन ? किनभने हाम्रो नेपालमा अहिले कुर्सी महापुराणको अखण्ड पाठ, कुर्सी कीर्तन, कुर्सी जप, कुर्सी चिन्तन–मनन आदि राष्ट्रियस्तरमा अहोरात्र चलिरहेको छ।कुर्सीका […]
स्वार्थ र अहङ्कार
मुकुन्द आचार्य एकताका हाम्रो नेपालमा राजनीतिक पण्डितहरूलाई ‘दादा’ भन्ने चलन थियो। फिलिमहरूमा चैं गुन्डा, बदमाशलाई दादा भन्थे। वर्तमानमा चैं नेता जति सबै दादा र दादा जति सबै नेता भएर छ्यासमिस भएका छन्। को नेता हो, को दादा हो, को बाहुबली हो– यो छुट्याउनै गा–हो भएको छ।एक आदरणीय व्यक्तित्व छन्। जिन्दगीभरि राजनीति गरे। अचेल राजनीतिलाई बाइपास […]