लक्ष्मीपूजा

मुकुन्द आचार्य यस विचित्र लोकमा पागल पनि थरीथरीका हुन्छन् । कुनै कुनै त उग्र प्रचण्ड पागल हुन्छन् । अर्थात् आफू त पक्कै पागल हुन्छन् नै तर आफ्नो पागलपनको बारेमा उनीहरूलाई अत्तोपत्तो क्यै हुँदैन । अनि आफूबाहेक बाँकी सारा संसारलाई पागल ठान्दछन् । तर अचेल यौटा कुनै विश्वप्रसिद्ध मनोवैज्ञानिकले भनेको छ रेस सबै मान्छेमा पागलपन अवश्य […]

सरकारी नौटङ्की

मुकुन्द आचार्य उहिलेका कुरा खुइलिए भन्ने चलन छ । उहिले हामी केटाकेटी छँदा गाउँशहरमा रामलीला, झुलन, नाटक, नौटङ्की, थरीथरीका नाँच आदि नै सार्वजनिक मनोरञ्जनका साधन थिए । यी सबैमा सर्कस पनि एक बलियो साधन थियो । हेर्दाहेर्दै ती सबै कता हराए कता सपना सरि ! निराश नहुनुस् अचेत त सरकार भनिने सङ्घसंस्थाले प्रतिदिन निश्शुल्क (फ्री) […]

बूढो भइयो र !!

– मुकुन्द आचार्य अचेल सबको मुखमा सकारात्मक सोचको रेडिमेड टैग झुन्डिएको देखिन्छ। ‘जे भए पनि सकारात्मक सोच राख है’ को उपदेश दिने मुखहरू चालू भइहाल्छन्। सोच फेर्न त्यति सजिलो कहाँ हुन्छ र ! लुगा फेरेजस्तो हो र, सोच फेर्नु ? वाहियात, जे मुखमा आयो त्यै बोल्छन्। मेरो उमेर अहिले सत्तहत्तरी वर्ष भएछ, यो मेरो गणना […]

रे …! हम केकर फुपा हईं ?

मुकुन्द आचार्य हाम्रो भोजपुरी भाषामा थुप्रै लोककथा छन् । ती पनि खास रमाइला र सन्देशमूलक हुन्छन् । हाम्रो नेपालको वर्तमान भ्रष्ट राजनीतिलाई यसो नियाल्दा यौटा भोजपुरी लोककथा घरीघरी सम्झनामा आइरहन्छ । तपाईं पनि लोककथा सुन्ने हो त ? त्यो लोककथाको शीर्षक मैले राखें– ‘रे … ! हम केकर फुपा हईं ?’ अब त्यो लोककथा नै […]

कोरोना पल्क्यो

मुकुन्द आचार्य हाम्रो तराई क्ष्Fेत्रमा यौटा प्रचलित उखान यस्तो छ– ‘लोग के मरल ठिके माकिर जम के परिकर ठिक ना ह’ अर्थात् मान्छे मर्नु त कुनै अनौठो कुरा त हैन तर यमराज वा काल पल्कनु चैं राम्रो हैन। मान्छे मर्नु भनेको यौटा स्वाभाविक प्रक्रिया हो, तर मान्छे रोगले होस् वा अन्य कुनै कारणले होस् सोत्तर […]

तँभन्दा म ठूलो !!

मुकुन्द आचार्य यो संसारलाई हेर्ने जो जति जहाँ–जहाँ छन्, ती सबैले आफूखुशी रातो, कालो, सेतो, पहेंलो, हरियो, नीलो रङ्गका चश्मा आआफ्ना आँखामा ढल्काएका हुन्छन्। अनि सोही अनुसार यो संसार उनीहरूलाई बेग्लाबेग्लै देखिन्छ। यस महान् सत्यको ज्ञान भएपछि एउटा चतुर पशुपालकले आफ्नो भैंसीलाई सुकेको घाँस खुवाउँदा हरियो रङ्गको चश्मा लाइदिन्थ्यो रे १ मान्छे त झुक्किन्छन् भने […]

‘क्षमादान’ र स्थानीय ‘जलपान’ !

-मुकुन्द आचार्य एकताका वीरगंजमा साहित्यकार र तिनका गतिविधिहरूको निकै घुइँचो हुन्थ्यो। समयले कोल्टे फे–यो, यहाँको साहित्यसरिता सुक्यो। फेरि समय कोल्टे फर्किन्छ। एकजना विशुद्ध लक्ष्मीपुत्रले माता सरस्वतीको सेवा गर्ने प्रशंसनीय साहस देखाए। धमाधम स्तरीय पुस्तकहरू आख्यान विधा अन्तर्गत व्यङ्ग्यको बर्को ओढेर आउन थाले। सबै जिल्लिएका छन्स ती लक्ष्मीपुत्र कसरी सरस्वतीपुत्र बन्न पुगे भनेर। एक हातमा लक्ष्मी […]

होलीको बोली

मुकुन्द आचार्य वर्ष दिनको चाड। लामो समयदेखि यस चाडलाई ढुकेर बसेका मनहरू रमाउने, गाउने, नाच्ने, बजाउने धोको बोकेर बाँचिरहेका हुन्छन, फागुको आसमा। अर्को पहाडे समुदायले दशैं कुरे जस्तै। उत्सव प्रिया: मानवा: १ मान्छे उत्सवप्रेमी हुन्छन्। त्यसो त होली आयो–गयो। हिन्दू समुदायलाई यसले क्यै दिएरै जान्छस क्यै लिएरै जान्छ। सबैले आफ्नो गच्छे अनुसार होलीबाट नाफा–नोक्सान क्यै […]

पेन्शनको टेन्शन !

मुकुन्द आचार्य यो मनुष्यलोकमा सबैभन्दा श्रेष्ठ र सबैभन्दा नीच मान्छे नै हो। यो मान्छे भनाउँदा पशुले अत्यन्त नीच काम पनि गरेकै छ र उत्तिकै उच्चतम काम गरेर नाम, दाम, माम पनि हाम गरेकै छ। अचम्म उल्काको छ, यो मान्छेको जात १ यसै क्रममा मान्छेले गाईगोरु, बाख्रा, खसी, बोका, भैंसी, कुकुर आदि पालेझैं टेन्शन पनि पालेको […]

सुनाताऽऽऽऽऽऽ!!!???

मुकुन्द आचार्य विविध भाषा, संस्कृति, रहन–सहन, बोली–वचन, रीतिथिति, चाल–चलन सबै थोक मिसिएको एक अनौठो क्वाँटी संस्कृतिको नमूना देश हो, हाम्रो नेपाल भनिने देश १ त्यसैले मीठो छ नेपालीपनको स्वाद १ तराईकै हावापानीमा आपूm पनि हुर्किएको हुनाले यहाँको पुरानो रीतिथितिलाई मन–मस्तिष्कले मधुरताका साथ सँगालेर राखेको हुन्छ। समयको धूलो झारेर यस्तै अनुभूति फेरि ताजा पार्ने सुनौलो अवसर […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्