सांसदहरूको भाउ बढ्यो
मुकुन्द आचार्य मान्छे जतिखेर वस्तु बन्छ अनि उसको पनि बजारभाउ बढ्छ–घट्छ। चुनाउको मौसम आएपछि मतदाता (भोटर) र ती मतदातालाई खरीद–बिक्री गर्ने चतुर नेता (जसलाई सोटर भनी बोलचालको भाषामा सम्बोधन गरिन्छ) को पनि ह्वात्तै भाउ बढ्छ। कोरोनाभन्दा पनि छिटो र प्रभावशाली ढङ्गले बढ्छ।व्यापारमा आजको विश्वमा यी शब्दहरू निकै प्रचलित भएका छन्– मार्केट, सप्लाई, सर्टेज, एक्सपोर्ट, इम्पोर्ट, […]
मान्छेको लड्ने प्रवृत्ति
मुकुन्द आचार्य मान्छे भनिने जन्तु पशुप्राणी हो । यद्यपि उसको सिङ हुँदैन, खुट्टा पनि चारोटा हुँदैन, पुच्छर पनि हुँदैन, ऊ घाँसपात खान मन पराउँदैन,मांसाहारी हुनमा रमाउँछ । मांसाहारी–मदिरापायी, जनम कोटि जीव नरकमा धायी १मैले मान्छेको जातिलाई पशुसँग दाँजेकोमा धेरैलाई चित्त नबुझ्न सक्छ । किनभने जहिलेदेखि कोरोनाको कथा–व्यथा थालनी भयो सबैले नेता, डाक्टर, वैज्ञानिक, शासक, चिन्तक, […]
नेताको नाटक ! जनतालाई प्राणघातक !!
मुकुन्द आचार्य हामीले तराई भेगमा रहँदा बस्दा सुनेका थियौं– चिडिया के जान जाए, लइका के खिलोना। अर्थात् बालबालिकाले कुनै चरा समाएर खेलाउन थाले भने चरा चैं मर्न सक्छ, बालबालिकाको लागि चैं त्यो फगत एक खेल मात्र हुन्छ। मनोरञ्जन हुन्छ। तर चराको ज्यान फुर्र…!अचेल नेपालको राजनीतिक अवस्था हेर्दा बालपनको त्यो भोजपुरी उखान घरीघरी सत्य भइरहेको पाउँछौं। […]
कुर्सीको कुरो !
मुकुन्द आचार्य विद्यार्थी जीवनका आफ्नै रमाइलाहरू हुन्छन् । यसबारेमा सबैका सबथरी अनुभव हुन्छन् । हाम्रो देशको कुनै विद्यालयमा छात्रछात्राको परीक्ष्Fा चल्दै थियो । त्यसो त अचेलका विद्यार्थी, गुरुजी सबैले परीक्ष्Fा शब्दको मानपदवी बढाएर ‘एक्जाम’ भन्न थालेका छन् । पढाइ भो नेट, बाँकी सब चेट् १परीक्ष्Fामा यौटा अनौठो प्रश्न सोधिएको रहेछ । प्रश्न यस्तो खालको थियो– […]
कहाँ गए ती दिन ?
मुकुन्द आचार्य सबैलाई थाहा छ, समय परिवर्तनशील छ। सम्भवतः समयको यसै विशेषतालाई ध्यानमा राख्दै कसैले पुकार गरेको थियो– समय बडा बलवान रे भैया, समय बडा बलवान !यससम्बन्धी यस परम सत्यतथ्यलाई हाम्रो मानवीय तुजु्रकले झट्ट स्वीकार्दैन। मन आफ्नो मौजमा हिंड्ने हुनाले ‘मनमौजी’ शब्द बनेको होला। मान्छेका सकल इन्द्रियलाई काममा जोत्न यै मोरो मन त हो नि। […]
हे ! छठीमाई !!
मुकुन्द आचार्य प्रायः सर्वमान्यजस्तै यौटा मान्यता के छ भने हरेक समाजमा केही चाडबाड, पर्व, उत्सव त हुन्छन् नै र ती उत्सव, चाडबाडको जन्म चैं सम्बन्धित समाजलाई स्वस्थ मनोरञ्जन दिनु नै हो। सँगसँगै त्यसबाट शिक्षा प्रेरणा पनि पाइन्छ भने त्यो त झन् सुनमा सुगन्ध भइहाल्यो नि १ रौंचिरा विवाद र विरोध गर्नेहरूलाई टाढैबाट प्रणाम छ।तराईतिरको लामो […]
दुई मित्रको टेलिफोन वार्ता
मुकुन्द आचार्य – हेलो ! के छ यार हालखबर ?– उस्तै–उस्तै हो । एजन एजन नै हो । खासै क्यै छैन यार !– विशेष खबर खाबर क्यै छ कि ? अचेल कोरोनाको करामात के कस्तो छ ? वीरगंज त दुई नम्बर प्रदेशको हीरो शहर हो नि ! यहाँबाट निस्कने आर्थिक तरङ्गले सिङ्गो देशकै आर्थिक जलाशयलाई […]
रातो टीका निधारमा…
मुकुन्द आचार्य कसै–कसैले भन्छन्, हेर त यो संसार कति सुन्दर छ ! प्रकृतिको सौन्दर्य हेर। कतै विशाल पहाडहरू छन्। कतै डरलाग्दा समुद्रहरू छन्। कतै अनकन्टार वन। कतै बालुवाको खानी रेगिस्तान छ। सुन्दर चराचुरुङ्गी पनि कतै छन् भने डरलाग्दा भयानक नरभक्षी पनि यहीं छन्। तर आजको मान्छे यस्तै सौन्दर्यमा भुल्न चाहन्न। मानवको स्वाभाविक प्रवृत्ति हो, ऊ […]
सक्कली हरायो ! नक्कली आयो !!
– मुकुन्द आचार्य म सानै छँदा कहिलेकाहीं सीमावर्ती भारतीय बजारतिर पुग्ने संजोग जुथ्र्यो। हाटबजारमा अनेकथरीका साइनबोर्डले आकर्षित पार्थे। ‘यहाँ शुद्ध डालडा मिलता है’ लेखिएको साइनबोर्डले मलाई चिन्तित बनाउँथ्यो। किनभने हामीलाई थाहा थियो, यो डालडा भनेको नक्कली घिउ हो। नक्कली घिउ डालडा, अनि त्यसको पनि नक्कली रूप प्रकट भइसकेछ ! यो सत्य तथ्यलाई मैले पचाउन […]
कठै, मान्छे कति एक्लो भयो
– मुकुन्द आचार्य हुनत सबैले यो ज्ञानको क्याप्सुल सानैदेखि खाँदै आएका छन्– तिमी चिन्ता नगर १ संसारमा रित्तो हात आयौं र जाँदा पनि तिम्रो हात रित्तै हुन्छ। अनि भुत्राको चिन्ता गर्नु त ! यस्ता बैरागी कुरा सबैले सुन्छन् र उडाइदिन्छन्। पश्चिमा कुनै विद्वान्ले भनेका छन् रे– पूर्वीय देशमा अबोध बालक जन्मन्दैनन्, त्यहाँ जन्मने त सानैदेखि […]