कठै, मान्छे कति एक्लो भयो

0

– मुकुन्द आचार्य
    हुनत सबैले यो ज्ञानको क्याप्सुल सानैदेखि खाँदै आएका छन्– तिमी चिन्ता नगर १ संसारमा रित्तो हात आयौं र जाँदा पनि तिम्रो हात रित्तै हुन्छ। अनि भुत्राको चिन्ता गर्नु त !
    यस्ता बैरागी कुरा सबैले सुन्छन् र  उडाइदिन्छन्। पश्चिमा कुनै विद्वान्ले भनेका छन् रे– पूर्वीय देशमा अबोध बालक जन्मन्दैनन्, त्यहाँ जन्मने त सानैदेखि दार्शनिक हुन्छन्। ज्ञानी हुन्छन्।
    हो पनि १ हाम्रFे समाजमा यस्तो हुनु सजिलो पनि छ। ‘कर्म’ गर फलको आशा नराख ! भन्ने ज्ञानीहरू थुप्रै होलान्, तर यस लोभीपापी समाजमा फलको आशा नराखी काम मात्रै गर्दै जानेलाई मूर्ख शिरोमणि भनिन्छ। …मूलप्रश्न नै हुन्छ– मलाई के फाइदा।
    विडम्बना हेर्नुस्, मान्छे आफूलाई सामाजिक प्राणी भन्दछ, तर आज ऊ नितान्त एक्लो भएको छ। मान्छेले कहिल्यै पनि स्वयंलाई यति निरीह, अशक्त, कायर पाएको थिएन।
    एक/दुई दिन मात्रै अघिको कुरा हो। सामाजिक सञ्जालमा यौटा दुःखद दृश्य देखियो। देशको एउटा नामूद अस्पतालमा हल्लीखल्ली मच्चिएको थियो। यौटी युवती चिच्याउँदै थिइन्– यो मान्छेलाई बचाउने अस्पताल हैन, यो त कसाइखाना रै‘छ। मेरो पिता जेलबाट यहाँ ल्याइए। कोरोना हो भनी अस्पतालमा भर्ना गरेर राखे। कसैलाई भेट्न पनि दिइएन। मेरो बुबाले दुई दिनअघि मात्रै फोन गरेर भन्नु भॉथियो– चिन्ता लिनु पर्दैन, मलाई कोरोना छैन भनेर रिपोर्ट आइसक्यो।
    दुई दिनपछि त तिम्रा बा कोरोनाले बिते भन्ने खबर पाएँ। यहाँ आएर हेर्छु त बाबाको विभत्स हत्या गरेर आँखा, किडनी सबै झिकेर खाइसके छन्। यी हत्यारा डाक्टर हुन्। कोरोना भनेर आफन्तहरूलाई भेट्नै नदिने। अनि सद्दे मान्छेलाई मारेर शरीरका अङ्गहरू झिक्ने र बेच्ने काम यी राक्षसहरू गर्दा रै‘छन्। ल हेर्नुस् त घाँटी रेटेर मारिएको छ। म त मिडियालाई ल्याएर देखाउँछु, यिनीहरूको हत्या र लूट काण्ड ! यस्ता डाक्टरलाई कसरी भगवान् भन्ने ? यी त साक्षात् यमराज हुन्।
    लौ हेर्नुस् त मान्छे मरेपछि पनि आफन्तलाई सद्गति गर्न नदिएर मुखै नदेखाइ लाश त्यत्तिकै बेपत्ता पारिदिन्छन्। कस्तो ब्रह्मलूट गरेका छन्, आजका डाक्टर साहेबहरूले। मानव अङ्ग झिकेर बेच्ने र भोज गर्ने, हामी त भगवान् नै हौं भनी पोज दिने। अब डाक्टरको अर्थ डाक्टर नभएर डाँका हुनुपर्छ ! भन्ने आक्रोश पोख्न थालेका छन्, जनसमुदायहरूले !
    कोरोनाले मरेको मान्छेको लाश बोक्ने एम्बुलेन्स चालकहरू पनि चालक होइनन्, चलाक हुन्। एक हजारको साटो दुई हजार दिनुस् त। यिनै चालक खुशीखुशी काम गर्छन्। सबैले कोरोनाको हाउगुजी देखाएर माल झार्ने सुअवसर पाएका छन्।
    छोराछोरी सबै विदेशमा हुने यहाँकाले कोरोना मरीज भनेपछि डरले कुलेलम ठोक्ने, अनि बूढाबूढीले कसको भरमा ढुक्क भएर बाँच्ने त ? मान्छे एक्लिएन त ?
    रवीन्द्रनाथ टैगोरको एकला चलो रे सुन्नुस् र सोशल डिस्टेन्स कायम राख्दै स्वस्थ भएर घरमैं थच्चिनुस्। ठूलाठूला नेताहरू पहिले घरमैं नजरबन्द गरिन्थे। हामीले पनि आफूलाई ठूलो हस्ती मानेर घरमैं राज गरौं। तर एक्लैको बानी बसाल्नु त प–यो नि ! कोरोनाले कत्रो ज्ञान सिकाएको छ। यो संसारमा आफ्नो भन्ने कोही रहेन छ, यौटा कोरोनाबाहेक। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here