२०८१ माघ २३ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
मिसन ८४ र जेन Z को सामर्थ्य
• विनोद गुप्ता पश्चिमा समाजशास्त्रीहरूले सन् १९०० देखि हालसम्मको पुस्तालाई कालखण्ड वा समय र त्यस समयका मुख्य घटना, विचार र प्रविधिलाई ध्यानमा राखेर विभिन्न कालखण्डमा विभाजित गरेको पाइन्छ । यसमा सन् १९०१ देखि १९२७ सम्मको पुस्तालाई समेटेर Greatest Generation नामकरण गरिएको छ किनभने यस अवधिमा सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्ध र त्यसपछि […]
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
काठमाडौं, २२ माघ/रासस क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमितरूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य […]
नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र
काठमाडौं, २२ माघ/रासस नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि मङ्गलवार औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । “विसं २०२९ सालमा कम्पनी स्थापना भएपनि २०६४/६५ सम्म जिएमपीको […]
नेपालको लगातार चौथो हार
काठमाडौं, २२ माघ/रासस राजधानीमा जारी महिला त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भएको हो । यस हारसँगै नेपाल उपाधि होडबाट बाहिरएको छ । जीतसँगै थाइल्यान्डको भने उपाधि जित्ने सम्भावना बलियो बनेको छ । थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको […]
चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक भन्सारदर लगायो
बेइजिङ, २२ माघ/एएफपी चीनले मङ्गलवार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सारदरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्याँसमा १५ प्रतिशत भन्सारदर लगाउने बताएको छ । बेइजिड्ढो वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेशिनरी, ठूला विस्थापन सवारीसाधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसूल लगाउने पनि घोषणा गरेको छ […]
मोदीलाई ह्वाइट हाउस आउने निम्ता
वाशिङ्टन, २२ माघ/एएनआई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रण आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड […]
महानगरमा सरस्वतीपूजाको नाममा हुने विकृति घट्दो पर्सा जिल्लाका अन्य पालिकाहरूमा भने यथावत्
प्रस, वीरगंज, २१ माघ/ वसन्तपञ्चमी (सरस्वतीपूजा) वीरगंज महानगर र पर्सा जिल्लाका १४ वटै पालिकामा धूमधामका साथ मनाइएको छ । सोमवार बिहानदेखि पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अनिवार्यरूपमा सरस्वतीपूजा गरिएको थियो । सरस्वती माताको मूर्ति भएका विद्यालयहरूमा मूर्तिको पूजा गरेर तथा मूर्ति नभएका विद्यालयहरूमा तस्वीर तथा माटोले बनाइएको सरस्वतीमाताको प्रतिमाको पूजाआजा गरी सांस्कृतिक कार्यक्रम गरेर मनाइयो […]
वसन्तपञ्चमी मनाउदै होली प्रारम्भ
रामेश्वर मेहता, सिम्रौनगढ, २१ माघ/ सिम्रौनगढ नगरपालिकामा सोमवार वसन्तपञ्चमीको दिन सरस्वतीपूजा धूमधामका साथै पारम्परिक रीतिरिवाजका साथ मनाइएको छ । वसन्तपञ्चमीको दिन आज बिहानैदेखि घर, आ“गन लिपपोत गरी सरसफाइ गरिएको थियो । यहा“का मानिसहरूले धार्मिक परम्परा अनुसार घरका देवीदेवताहरूको पूजाआजा गर्दै होली प्रारम्भ भएको सड्ढेत गरेका थिए । उनीहरूले देवीदेवतालाई अबिर चढाएर होली प्रारम्भ भएको सूचना […]
न्यायाधीशको राजीनामा माग गर्दै रौतहटमा प्रदर्शन
प्रस, रौतहट, २१ माघ/ जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसीविरुद्ध सोमवार यमुनामाई गाउ“पालिकावासीले अदालतको मूलद्वारमा प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा वादी राजनकुमार गुप्ताको जाहेरीमा नेपाल सरकारले छजनाविरुद्ध मुद्दा दर्ता गरी कारबाई प्रक्रियामा रहेकोमा हिजो आइतवार अभियोग दाबी नपुगेको भनी न्यायाधीश केसीको इजलासबाट आदेश भएको विरोधमा आज स्थानीयले न्यायाधीश केसीविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा […]