Wednesday, February 5, 2025

यौन विकृति अथवा सेक्सुअल डिजार्डर

Share

• डा शिवशंकर यादव

एउटा कुरा यहाँ स्पष्ट गर्नु जरूरी छ कि यहाँ मानसिक र जन्मजात यौन विकृतिको मात्र वर्णन हुनेछ यौन सम्पर्कको कारणले हुने यौन रोगको होइन । पाठकवृन्द, मैले पहिले पनि बताइसकेको छु कि एउटा रोग हुन्छ र अर्को विकृति । रोग भनेको त्यो हो, जुन पैथोलोजिकल कारणले पैदा हुन्छ जसरी सिफलिस र गनोरिया आदि । डिजार्डर भनेको त्यो हो जुन मानसिक कारणले हुन्छ । त्यसैभित्र जन्मजात सेक्सुअल डिजार्डर पनि पर्छ । त्यसैले अहिलेसम्म म डिजार्डर शब्द नै प्रयोग गरिरहेको छु किनभने अहिलेसम्म मानसिक बिमारीकै अध्याय चल्दैछ । मेरो गाउँमा एकजना मानिसको बिहे भयो । एक दिन पत्नी भागेर गइन्, किनभने गाउँले नपुंसक थियो । चिकित्सकलाई देखाउँदा उसको अण्डकोष तल थैलीमा झरेको थिएन । अण्डकोष शुरूमा पेटभित्रै हुन्छ । जन्मनु पहिले अण्डकोष थैलीमा झर्छ किनभने पेटको तापक्रम बढी हुने हुँदा झरेन भने मर्छ । थैलीमा आएपछि जाडोमा खुम्चिएर तथा गर्मीमा फैलेर अण्डकोषले तापक्रम अनुकूल पार्छ । त्यस्तो अवस्थामा यदि १३ वर्षको उमेरभन्दा पहिले नै सर्जरी गरेर अण्डकोषलाई थैलीमा झारिएन भने मानिस नपुंसक हुन्छ । जन्मजात गडबडीले अण्डकोष थैलीमा झर्न नसक्दा र आमाबाबु यसबाट अन्जान र बेखबर भएर अनाहकमा ऊ नपुंसक भयो । मानसिक कारणले पनि नपुंसकता हुन्छ । पाठकवृन्दलाई आश्चर्य लाग्न सक्छ तर सत्य के हो भने कहिलेकाहीं सबै कुरा सामान्य भए पनि मानिस पूर्णतः नपुंसक हुन सक्छ । कसरी, आउनुस् त्यसबारे जानकारी प्राप्त गरौं ।

वर्गीकरण :

यौन विकृति चार प्रकारको हुन्छ : १. जेन्डर आइडेन्टिटी डिजार्डर वा लिङ्ग पहिचानको विकृति २. साइकोलोजिकल विह्वेरियल डिजार्डर विथ सेक्सुअल डेभलपमेन्ट एन्ड मैचुरेशन अथवा यौन विकास र परिपक्वताको कमीले हुने डिजार्डर ३. डिजार्डर अFफ सेक्सुअल प्रिफरेन्स वा यौनिक चयनको विकृति र ४. सेक्सुअल डिस्फन्कशन वा अनुचित यौन विकृति ।

जेन्डर आइडेन्टिटी डिजार्डर :

यो लिङ्गको पहिचानको विकृति हो, जसमा पुरुषत्व वा स्त्रीत्वको पहिचान गडबड हुन्छ । अर्थात् महिला पुरुषजस्ता र पुरुष महिलाजस्ता लाग्छन् । यो पनि चार प्रकारको हुन्छ : ट्रान्ससेक्सुअलिज्म वा विपरीत लिङ्गी सेन्स अर्थात् पुरुष छ भने स्त्रीयोचित व्यवहार गर्ने र महिला छ भने पुरुषजस्तो अभिलाषा हुने । यो पनि प्राइमरी र सेकेन्डरी दुई प्रकारको हुन्छ । ट्रान्ससेक्सुअलिज्म लिङ्ग पहिचानको सबैभन्दा कडा रूप हो जसको निम्नलिखित लक्षणले पहिचान गरिन्छः यसमा रोगीको शारीरिक सेक्स सामान्य हुन्छ, अर्थात पुरुषको लिङ्ग र महिलाको योनीको बनावटमा कुनै गडबडी हुँदैन । तर रोगीले विपरीत भइदिए हुन्थ्यो भन्ने सोच्छ । अर्थात् भित्रबाट रोगी विपरीत सेक्स भएको महसूस गर्छ । ऊ आपूmले पाएको लिङ्गबाट छुटकारा पाउन चाहन्छ । यसको डायग्नोसिस किशोरावस्थापछि नै थाहा हुन्छ । यसको दुई रूप हुन्छः प्राइमरी र सेकेन्डरी । प्राइमरी पनि दुई प्रकारको हुन्छः प्राइमरी मेल र प्राइमरी फिमेल ट्रान्ससेक्सुअलिज्म । प्राइमरी सेकेन्डरीभन्दा परिवर्तनको प्रबल इच्छा राख्छ । यसको शुरूआत बच्चादेखि नै हुन्छ । सेकेन्डरीमा शुरूआत पछि हुन्छ र प्राइमरी जस्तो कडा हुँदैन र सेक्स चेन्जको इच्छा कम हुन्छ । यो होमोसेक्सुअल पुरुषमा बढी पाइन्छ । एक लाख पुरुषमा एक र चार लाख महिलामा एक ट्रान्ससेक्सुअल हुन्छन् । यसलाई ट्रान्सभेस्टिज्म र ट्रान्स जेन्डर होमोसेक्सुअलिटीबाट छुट्याउनुपर्छ । यसको दुईटा मात्र उपचार छ ः जुन लिङ्ग छ त्यसैमा चित्त बुझाएर बस्ने वा सर्जरीद्वारा सेक्स बदली गर्ने ।

जेन्डर आइडेन्टिटी डिजार्डर अFफ चाइल्डहुड :

यो ट्रान्ससेक्सुअलिज्मको समान स्वरूप हो, जुन २ देखि ४ वर्षको उमेरमैं देखिन्छ । यसका लक्षणहरू निम्न छन्ः सधैं विद्यमान रहने अर्को लिङ्गको अभिलाषा तथा आपूm विपरीत लिङ्गी हुँ भन्ने कुरामा जोड दिने । आप्mनो विद्यमान लिङ्गप्रति निकै क्षुब्ध रहने र अस्वीकार गर्ने, जुन ट्रान्ससेक्सुअलिज्ममा हुँदैन । जुन लिङ्गको चाहना छ त्यस अनुरूप क्रियाकलाप र खेलहरूमा भाग लिने र पोशाक लगाउने । यसको शुरूआत किशोरावस्थाभन्दा पहिले नै हुन्छ । बालपनको यो विकार पछि पनि रहिरहने स्थिति कमै पाइन्छ । मतलब वयस्कावस्थामा यो हराउँछ पनि । यसको उपचार पनि त्यही सम्झौता र सर्जरी गर्नु नै हो ।

डुअल रोल ट्रान्सभेस्टिज्म वा दोहोरोपन :

ट्रान्सभेस्टिज्मको अर्थ हो यौन उत्तेजनाको लागि पुरुषले महिलाको र महिलाले पुरुषको लुगा लगाउने । यस्तो नगरे उनीहरू उत्तेजित नै हुँदैनन् । यसको विपरीत हुन्छ ट्रान्ससेक्सुअलिज्म, जहाँ लुगा लगाउनु उत्तेजनाको लागि होइन, इच्छा लागेर हुन्छ । डुअलरोल ट्रान्सभेस्टिज्ममा रोगी केवल अनुभवको लागि विपरीत लिङ्गीको लुगा लगाउँछ, सेक्सचेन्जको भावना वा उत्तेजना प्राप्तिका लागि होइन ।

इन्टरसेक्सुअलिटी वा दुई सेक्सको गुण भएको :

यस्ता रोगीमा देखिनेगरी शारीरिक बनावट र क्रियाकलाप अर्को सेक्सका पनि सँगसँगै हुन्छ, जस्तै बाहिरी लिङ्गको बनावटमा लिङ्ग र योनी सँगसँगै हुनु, अण्डाशय र अण्डकोष दुवै हुनु, भित्री अङ्गमा महिला भए पाठेघर नहुनु, जसलाई ट्रु हर्माफ्रोडाइट वा खोजवा भनिन्छ । माथिकोलाई सुडोहर्माफ्रोडाइट भनिन्छ । यसबाहेक हार्मोनल गडबडीजस्तै अण्डकोष र एड्रिनलग्लैंड कम विकसित हुनु । यति मात्र होइन, क्रोमोसोमल त्रुटि पनि हुन्छ, जसले गर्दा टर्नर र क्लिनफेल्टर सिन्ड्रोम देखिन्छ । टर्नर सिन्ड्रोम केवल महिलामा, त्यो पनि २५०० मध्ये एउटामा पाइन्छ । यसमा एउटा एक्सक्रोमोजोम कम भयो भने स्त्रीत्वको विकास हुँदैन । यसको पत्ता हेनरी टर्नरले १९२० मा लगाएका थिए । त्यस्तै क्लिनफेल्टर सिन्ड्रोम केवल पुरुषमा हुन्छ र १००० मध्ये एकमा पाइन्छ । यसको पत्ता हेनरी क्लिनफेल्टरले १९४० मा लगाए । यसमा एउटा एक्सक्रोमोजोम बढी हुन्छ जसले गर्दा पुरुषत्वको विकास हुन पाउँदैन ।

२. साइकोलोजिकल विह्वैरियल डिजार्डर विथ सेक्सुअल डेभलपमेन्ट एन्ड मैच्युरिटी अर्थात् यौन विकास र परिपक्वतासम्बन्धी मानसिक र व्यावहारिक विकृति : यसमा हेट्रोसेक्सुअल, होमोसेक्सुअल वा वाइसेक्सुअल विकृति पर्छ जुन आफैंमा डिजार्डर मानिंदैन तर विकृतिको रूप त्यस बेला लिन्छ, जब मान्छेमा उलेख्य विचलन र अस्वस्थता पैदा हुन्छ । यो तीन प्रकारको हुन्छ : सेक्सुअल मैच्युरेशन डिजार्डर, इगोसेन्ट्रिक ओरियेन्टेशन डिजार्डर र सेक्सुअल रिलेशनसीप डिजार्डर । सेक्सुअल मैचुरेशन डिजार्डर प्रायः किशोरोवस्थामा शुरू हुन्छ जसमा मान्छे कुन जेन्डरको हो भन्ने अनिश्चित हुन्छ । यस कारण मान्छे चिन्ता र डिप्रेशनले ग्रसित हुन्छ । कहिलेकाहीं यो सेक्सुअल क्रियालाप गरेपछि मात्र महसूस हुन्छ । इगोडायस्टोनिक ओरिएन्टेशन डिजार्डर मा मान्छेको सेक्सुअल क्रियाकलाप स्पष्ट हुन्छ तर पनि भित्री गडबडीले अरू प्रकारको वा विपरीत क्रियाकलापको इच्छाले चिन्तित हुन्छ । यस प्रकारको विकृति होमोसेक्सुअलमा बढी पाइन्छ । यो त सर्वविदित नै छ कि होमोसेक्सुअल के हो ? यसमा पुरुषले पुरुषसँग र महिलाले महिलासँग मात्र यौन सम्पर्क बनाउँछन्, जुन अप्राकृतिक हो । मान्छेको यस प्रबल इच्छामा बाधा भयो भने धेरै कष्ट हुन्छ । यो दुई प्रकारको हुन्छ : मेल होमोसेक्सुअलिटी र फिमेल होमोसेक्सुअलिटी । पहिलोलाई गे र दोस्रोलाई लेस्बियन भनिन्छ । प्राचीन ग्रीसको लेस्बोस नामक ठाउँमा सैफी नामकी एक होमोसेक्सुअल महिला थिइन् । त्यस कारण लेस्बियनलाई सैफी पनि भनिन्छ । अमेरिकामा जनसङ्ख्याको ४ देखि ६ प्रतिशत पुरुष र १ देखि २ प्रतिशत महिला होमोसेक्सुअल हुन्छन् । अर्को ५ देखि १० प्रतिशतको आँकडा बाइसेक्सुअलिटीको छ । होमोसेक्सुअलिटी निम्न प्रकारको हुन्छः ओब्लिगेटरी जसमा होमोसेक्सुअलिटी मात्र हुन्छ हेट्रोसेक्सुअलिटी एकदम हुँदैन । प्रिपर्ड : जसमा मुख्यतः होमोसेक्सुअलिटी नै हुन्छ तर कहिलेकाहीं हेट्रोसेक्सुअलिटी पनि देखिने गर्छ । बाइसेक्सुअलिटीः जसमा होमो र हेट्रोसेक्सुअलिटीको मात्रा बराबर हुन्छ । सिचुएशनल : जसमा मुख्यतः हेट्रोसेक्सुअलिटी नै हुन्छ तर मौका अनुसार होमोसेक्सुअलिटी पनि हुन्छ । लेटेन्ट सेक्सुअलिटी : जसमा केवल हेट्रोसेक्सुअलिटी नै हुन्छ तर फेन्टेसी हेर्न वा रहर पूरा गर्न होमोसेक्सुअलिटी पनि मान्छेमा पाइन्छ ।

केही दशकदेखि यसमा विवाद देखिएको छ कि होमोसेक्सुअलिटी सामान्य कुरा हो वा विकृति ? पश्चिमाहरूले यसलाई विकृति मानेका छैनन् । तर मुस्लिम देश र भारतमा यो अप्राकृतिक र विकृति मानिन्छ । मेल र फिमेल होमोसेक्सुअलिटी पनि दुई प्रकारको हुन्छः इगोसिन्टोनिक र इगोडिस्टोनिक । इगोसिन्टोनिकमा मान्छेमा होमोसेक्सुअलिटीप्रति कुनै परेशानी हुँदैन । इगोडिस्टोनिकमा मान्छेमा होमोसेक्सुअलिटीपछि परेशानी पैदा हुन्छ । अतः यसलाई मात्र डिजार्डर मानिएको छ । होमोसेक्सुअल सङ्गठन र राजनैतिक दबाबमा अब होमोसेक्सुअलिटीलाई डिजार्डरमा राखिएको छैन तर पनि धेरै होमोसेक्सुअल चिकित्सक कहाँ उपचार गराउन आउँछन् । बदलाव खोज्न आउनेलाई ः न्युरोटिकमा साइकोएनालिसिस तथा फोबिक हेट्रोसेक्सुअल सम्बन्धमा विह्वेवियर र एभर्सन थिरेपी गरिन्छ । यसको अतिरिक्त सपोर्टिभ र कहिलेकाहीं एन्ड्रोजन वा हार्मोन थिरैपी गरिन्छ । यसविपरीत जुन रोगी केवल कष्ट निवारणको लागि मात्र आउँछ उसलाई साइकोएनालिसिस र सपोर्टिभ थिरैपी तथा वेन्जोडाइजिपिन, चिन्ता र डिप्रेशन कम गर्नका लागि दिइन्छ । अरूले पठाएको वा रिफर गरेको रोगीको उपचारमा विवाद छ । कोहीले भन्छ त्यस्ताको उपचार नै नगर्ने तर कोहीले भन्छ उपचार त गर्ने तर हतार नगर्ने । कसैको मत छ कि उपचार रोगीको चाहनामा छाडिदिनुपर्छ अथवा संस्कृति र चिकित्सकको विचारमाथि छाडिदिनुपर्छ कि उपचार गर्ने कि नगर्ने । चिकित्सकको विचारको विन्दु यो हुन्छ कि रोगीको सामाजिक, संस्कृति र होमोसेक्सुअलिटीबारे रोगीलाई विस्तृत जानकारी दिएर निर्णय रोगीमाथि नै छाडिदिनुपर्छ ।

३. पाराफिलिया वा डिजार्डर अFफ सेक्सुअल प्रिफरेन्स :

दुई वा दुईभन्दा बढीबाट एउटा चयन गर्ने कुरालाई प्रिफरेन्स भनिन्छ । यही कुरा सेक्सुअल पार्टनर बनाउन पनि लागू हुन्छ । सामान्य पुरुषले गोरी, सुन्दर र स्वस्थ युवतीको चयन गर्छ । विवाहको बेला धेरै केटीको फोटो देखाइन्छ । केटाले त्यसमध्ये मन परेकी केटी चयन गर्छ । त्यसैगरी केटीले पनि सुन्दर वलिष्ठ केटा चयन गर्छे । तर कुनै कुनै पुरुष र महिलामा यसविपरीत पनि देखिन्छ । यसै सामान्यभन्दा असन्तुलित चयनलाई पाराफिलिया भनिन्छ । हामीले कतिपय समाचरमा सुनेको हुनुपर्छ कि फलाना अङ्ग्रेजलाई देशनिकाला गरियो किनभने ऊ बालयौनमा लिप्त थियो । असलमा ऊ पाराफिलियाबाट यति बिघ्न पीडित हुन्छ कि विभिन्नताको खोजमा यहाँसम्म पुग्छ । तर मजनुले काली लैला र २२ वर्षकी सायराबानोले ४७ वर्षको दिलीप कुमारको चयन गरे । यो पाराफिलिया होइन । यो प्रेम र यशको चयन हो । यस अतिरिक्त निर्जीव वस्तु वा विपरीत लिङ्गीको कपडा, ब्रेसियर आदि सेक्स सन्तुष्टिको लागि प्रयोग गर्ने, पार्टनरलाई पीडित पारेर सन्तुष्टि लिने वा पार्टनरबाट पीडा पाएर सन्तुष्ट हुने, बच्चा वा महिलाको सहमतिविना जबर्दस्ती सेक्स गर्ने तथा कुनै जनावरसँग सेक्स गर्ने आदि सबै पाराफिलियामा पर्छ । अब आउनुस् पाराफिलियाबारे जानौं ।

पाराफिलियामा निम्न कुराहरू आउँछ : फेटिसिज्म, फेटिस्टिक ट्रान्सभेस्टिज्म, सेक्सुअल सैडिज्म, एक्जिभिजनिज्म, भोयेयुरिज्म, फ्रोट्युरिज्म, पेडोफिलिया, जुफिलिया, अर्काे पाराफिलियाहरू, जसमा आउँछ : युरोफिलिया, कोप्रोफिलिया, क्लिस्मोफिलिया, नेक्रोफिलिया आदि । फेटिसिज्म : यो लगभग पुरुषमा मात्र पाइन्छ । यसमा मान्छे सेक्सुअल उत्तेजना पूर्णरूपले कुनै निर्जीव पदार्थबाट प्राप्त गर्छ । निर्जीव वस्तुमा हुन्छ ग्लोभ्स, जुत्ता, ब्रा,अन्डरवियर आदि । विपरीत लिङ्गीको लुगा लगाउने, हस्तमैथुन वा भाइब्रेशन आदिको प्रयोग यस अन्तर्गत पर्दैन । तर फेटिसिज्म अक्सर हस्तमैथुनमा पनि अन्त हुन्छ । फेटिसको मतलब जादुई र फिलियाको मतलब एराउजल वा उत्तेजना हो ।

फेटिस्टिक ट्रान्सभेस्टिज्म : यो केवल हेट्रोजेनिक पुरुष र महिलामा पाइन्छ, जसमा मान्छे विपरीत लिङ्गीको लुगा लगाएर उत्तेजना प्राप्त गर्छ । यो अर्कोले गरेको देखासिकी पनि हुन्छ । यस्तो गरेपछि मान्छे चरमानन्दको लागि कि हस्तमैथुन गर्छ वा सम्भोग गर्छ । केवल एक वा दुईचोटिको यस्तो घटना मात्रलाई डिजार्डर मानिंदैन । यो त्यस बेला डिजार्डर मानिन्छ जब लगातार र स्थायीरूपले नभई नहुने बानी बन्छ ।

सेक्सुअल सैडिज्म : यसमा मान्छेले पार्टनरलाई पीडा दिएर मात्र सेक्सुअल उत्तेजना प्राप्त गर्छ । पीडा दिनेलाई सैडिस्ट र जसलाई दिइन्छ उसलाई भिक्टिम भनिन्छ । पीडा शारीरिक वा मानसिक जे पनि हुन सक्छ । शारीरिकमा पार्टनरलाई बाँध्ने, कुट्ने, पोल्ने, काट्ने, घोप्ने तथा रेप गरेर ज्यान मार्नेजस्तो कुरा आउँछ । यो लगभग पुरुषमा मात्र पाइन्छ । कुनैकुनै महिलामा पनि यो रोग देखिन्छ । सेक्सुअल मेसोचिज्म सेडिज्मको ठीक विपरीत कुरा हो । जसमा मान्छे शरीर वा मनलाई पीडा दिन लगाएर सेक्सुअली उत्तेजित हुन्छ । यसमा पीडाका विधि सबै सैडिज्मजस्तै हुन्छ । खाली मान्छेको भूमिका बदलिन्छ । यो खास गरेर महिलामा पाइन्छ जसले पुरुषलाई आप्mनो शरीरमा चोट पु-याउन अनुरोध गर्छे । यी दुवै तबसम्म डिजार्डर मानिंदैन जबसम्म महिलामा लगातार वा स्थायीरूपले हुँदैन किनभने हरेक पुरुष केही सैडिस्ट र हरेक महिला केही मेसोचिस्ट हुन्छन् । प्रायः सैडिज्म र मेसोचिज्म दुवै एउटै व्यक्तिमा पाइन्छ । त्यसैले दुबैलाई मिलाएर सैडोमेसोचिज्म भनिन्छ ।

एक्जिभिसनिज्म : यो केवल प्रदर्शन मात्रको डिजार्डर हो जसमा कुनै पुरुषले सामुन्ने उपस्थित कसैलाई आप्mनो नाङ्गो र उत्तेजित यौनाङ्गलाई लगातार वा दिन बिराएर देखाइरहन्छ । यो रोग प्रायः पुरुषमा पाइन्छ र देखाउनको लागि प्रायः कुनै महिला वा बच्चाको चयन गर्छ । आप्mनो उत्तेजना प्रायः हस्तमैथुन गरेर शान्त गर्छ ।

भोयेयुरिज्म : यो त्यो रोग हो जसमा मान्छे विपरीत लिङ्गीको नाङ्गो शरीर वा यौनक्रियाको अवलोकन गर्छ । यहाँ जसलाई हेरिरहेको हुन्छ उसलाई त्यस कुराको जानकारी हुँदैन । त्यस्तो हुँदा अवलोकनकर्ता चरमानन्दको लागि हस्तमैथुन गर्ने गर्छ । यो प्रायः पुरुषमा मात्र देखिन्छ । पोर्नोग्राफी हेर्नेलाई यस कोटिमा राखिंदैन ।

फ्रोटियुरिज्म : यसमा बारम्बार वा अन्तरालमा विपरीत लिङ्गी शरीरलाई छुने, दल्ने गरिन्छ । यसमा पीडित प्रायः अपरिचित हुन्छ र उसको सहमति हुँदैन । यस्तो प्रायः किशोरमा र भीडभाड
भएको ठाउँ–मेला वा बस आदिमा हुन्छ, जहाँ महिलाले सन्देह र विरोध गर्न सक्दिन ।

पिडोफिलिया : यो धेरै पाइने रोग हो जसमा मान्छे लगातार वा अन्तरालमा आप्mनै नाता पर्नेसँग यौन क्रियाकलाप गर्छ । यो प्रायः १६ वर्षमुनि वा ५ वर्ष पछिको उमेरमा देखिन्छ, जसमा आप्mनै नातेदार बालिकाप्रति यस्तो गर्दागर्दै बाहिरका अन्य बालिकालाई पनि पीडित बनाइन्छ । यो हेट्रो वा होमोसेक्सुअल जे पनि हुन सक्छ । क्रमशः

प्रतीक दैनिक
प्रतीक दैनिकhttp://eprateekdaily.com
वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

Read more

Local News