ज्येष्ठ नागरिक पार्कको लागि पहल भइरहेको छ –नगरप्रमुख

प्रस, वीरगंज, ११ पुस/ ज्येष्ठ नागरिक सङ्घ, पर्साले बिहीवार चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । वीरगंज महानगर–१५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख राजेशमान सिंहले ज्येष्ठ नागरिक सङ्घलाई गरेको वाचा विभिन्न कारणले पूरा गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले सङ्घलाई व्यवस्थापकीय जिम्मेवारी दिएको र पार्कको सरसफाइमा ध्यान दिएको बताए […]

पोखरियामा मालपोत र नापीको सेवाकेन्द्र स्थापना गर्ने निर्णय

प्रस, वीरगंज, ११ पुस/ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयको प्रस्तावमा पर्सा जिल्लाको पोखरिया नगरपालिकामा मेन्टेनेन्स नापी तथा भूमिसुधार तथा मालपोत कार्यालयको सेवाकेन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले पर्सा जिल्लामा जनसङ्ख्याको चाप, सेवा लिनुपर्ने ठाउँको दूरी […]

दुर्घटनामा मृत्यु भएका मिश्रका परिवारजनद्वारा प्रदर्शन

प्रस, वीरगंज, ११ पुस/ वीरगंज महानगरपालिका–२४ सुक्खा बन्दरगाहचोकमा बुधवार राति भारतीय ट्रकको ठक्करबाट मृत्यु भएका राज मिश्रका परिवारजनले बिहीवार दिनभरि सडक अवरुद्ध गरी धर्ना दिएका छन् । परिवारजनले सडकमा विरोध प्रदर्शन गरेपछि सुक्खा बन्दरगाह चोक दिनभरि तनावपूर्ण रह्यो । नम्बर खुल्न नसकेको भारतीय ट्रकले बुधवार राति ना.२५प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार राज […]

बहुदरमाई नपामा भएको आगजनीमा एक करोडको क्षति, कार्यालय सञ्चालनमा आउन अझै समय लाग्ने

नरेश यादव, पर्सागढी, ११ पुस/ बहुदरमाई नगरपालिकामा गत शुक्रवार पुस ५ गते भएको आगजनीबाट करीब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको र हालसम्म कार्यालय सञ्चालनमा आउन नसकेको नगरप्रमुख सिंगासन साहले बताएका छन् । उनले विद्यार्थीहरूलाई उक्साएर राजनीतिक प्रतिशोध साँध्ने कार्यले आगजनी भएको र यसबाट नगरपालिकामा ठूलो क्षति पुगेको बताए । नगरप्रमुख साहले फर्निचर, कम्प्युटर, ल्यापटप, […]

पर्सागढीमा सात सयजनाको मोतीबिन्दुको शल्यक्रिया गरिने

प्रस, पर्सागढी, ११ पुस/ पर्सागढी नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको आयोजनामा पर्सागढी नपा–४ बर्वाटाँडीमा बिहीवारदेखि तीन दिने निश्शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन भएको छ । पर्सागढी नपाको आयोजना र तिलगङ्गाको सहकार्यमा यस अघि नपाका नौवटै वडामा निश्शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा १६०० जनाले आँखा जाँच गराएकामा ७०० जनामा मोतीबिन्दु फेला […]

विद्युत चुहावट गर्ने छजना पक्राउ

प्रमोद यादव, पंचगावाँ, ११ पुस/ विद्युत् चुहावटको आरोपमा नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले छजनालाई पक्राउ गरेको छ । वितरण केन्द्र पोखरिया अन्तर्गत विद्युत् चुहावट नियन्त्रण टोलीले इलाका प्रहरी कार्यालय, पोखरिया र सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको सहयोगमा बुधवार राति पर्साका विभिन्न पालिकामा छापा मारी छजनालाई पक्राउ गरेको जनाएको छ । विद्युत् चुहावट नियन्त्रण टोलीका […]

दुर्घटना न्यूनीकरण लागि सचेतना कार्यक्रम

नितेश कर्ण, सर्लाही, ११ पुस/ उखु ढुवानी गर्ने सवारीसाधनहरूबाट हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले दुर्घटना न्यूनीकरण विशेष अभियान सञ्चालन गरिरहेको छ । ट्राफिक प्रहरीले उखु ढुवानी गर्ने सवारीसाधनहरूमा रातिको समयमा टल्कने ‘सावधान उखु बोकेको सवारी’ भन्ने ब्यानर झुन्ड्याइएका थिए । अभियान अन्तर्गत क्षमताभन्दा बढी उखु लोड नगर्न भनिएको, नम्बर […]

सालको काठ कटानमा संलग्न दुईजना पक्राउ

प्रमोद यादव, पंचगावाँ, ११ पुस/ पर्सागढी नगरपालिका–३ मा सालको रूख कटानमा संलग्न रहेको आरोपमा दुईजनालाई सबडिभिजन वन कार्यालयले पक्राउ गरेको छ । जमदार जीतबहादुर तामाङ नेतृत्वको गश्ती टोलीले राष्ट्रिय वन क्षेत्रमा सालको रूख काट्दै गरेको अवस्थामा पर्सागढी नपा–३ बडनिहार बस्ने ओसियर ठाकुर र धर्मेन्द्रदास थारूलाई पक्राउ गरी कारबाईका लागि डिभिजन वन कार्यालय, पर्सा पठाएको छ […]

लागूऔषध मुद्दाका फरार दुईजना पक्राउ

प्रमोद यादव, पंचगावाँ, ११ पुस/ लागूऔषध मुद्दामा फरार रहेका दुईजना अभियुक्तलाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले पक्राउ गरेको छ । स्म्याकसहित एक वर्ष अघि पक्राउ परेका मन्जुर राम र हृदयनारायण पटेल धरौटीमा रिहा भएपनि अदालतको तारिख तोडेर फरार भएका थिए । इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले उनीहरूलाई बिहीवार बिहान निचुटाचोकबाट पक्राउ गरेका थिए । पक्राउ […]