Home सम्पादकीय सिम्रौनगढको संरक्षण

सिम्रौनगढको संरक्षण

नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहर सिम्रौनगढले सदियौं पुरानो सभ्यता र गौरव बोकेको छ । मल्लकालीन शासनकालदेखि मिथिलाको धार्मिक, सांस्कृतिक र राजनीतिक केन्द्र रहँदै आएको यो क्षेत्र राष्ट्रकै सम्पत्ति हो । पछिल्लो समय यस क्षेत्रका सम्पदा जोखिममा परेका छन् । धार्मिकस्थल, पुराताŒिवक संरचना र ऐतिहासिक महŒवका धरोहर मासेर जथाभावी बस्ती विस्तार, घर निर्माण, माछापोखरी खन्ने एवं अवैधरूपमा जग्गा हडप्ने जस्ता गतिविधिका कारण यहाँको सम्पदा लोप हुने अवस्थामा पुगेको छ । सम्पदा केवल भौतिक संरचना मात्र होइन, यो हाम्रो पहिचान, इतिहास र संस्कृतिको जरा पनि हो । सिम्रौनगढजस्ता पुराताŒिवक स्थलहरू हाम्रो देशको इतिहासका जीवन्त प्रमाण हुन् । यी संरचनाहरूले भविष्यका पुस्ताहरूलाई हाम्रो विगत सम्झाउन मदत पुग्नेछ । सम्पदा संरक्षण आर्थिक दृष्टिले पनि महŒवपूर्ण छ । धार्मिक र ऐतिहासिक स्थलहरूमा पर्यटकहरू आकर्षित हुने भएकाले यसले व्यापार एवं रोजगार सृजना गर्दै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।

म्रौनगढमा पछिल्ला केही वर्षयता देखिएका समस्या गम्भीर छन् । पुराताŒिवकस्थलनजीकै माछापोखरी खन्ने नाममा भूमि खण्डित गरिएका छन् । धार्मिक महŒव बोकेका मूर्तिहरू चोरी हुने वा संरचना नासिने क्रम बढेका छन् । यस क्षेत्रमा अनियन्त्रितरूपमा भइरहेको बस्ती विस्तारले सम्पदालाई जोखिममा पारेको छ । धार्मिक र ऐतिहासिक स्थल आसपासका क्षेत्रहरू अव्यवस्थितरूपमा प्रयोग गर्दा पुराताŒिवक स्थलहरूको मौलिकता समाप्त हुने खतरा छ । कतिपय निर्माणले पुराताŒिवक वस्तु तथा अवशेषलाई छोपेर उत्खननको सम्भावना नै अन्त्य गरिदिएको छ । त्यसैगरी, ऐतिहासिकस्थलहरूका जग्गा अवैधरूपमा कब्जा गर्ने प्रवृत्तिले सिम्रौनगढको महŒव घटाउँदै लगेको छ । स्थानीय सरकार र पुरातŒव सम्पदा संरक्षणसँग सम्बन्धित निकायहरूको लापरवाही तथा कमजोर निगरानीका कारण यस्ता गतिविधिले बढावा पाएको हो । पुराताŒिवक र सांस्कृतिक सम्पदाको संरक्षणका लागि कानून भएपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जिम्मेवार निकायको गैरजिम्मेवारीले भूमाफिया र अतिक्रमणकारीहरूको मनोबल बढ्दो छ ।

आजको प्रणाली तथा राज्य व्यवस्था अनुसार सिम्रौनगढ संरक्षणको प्रमुख जिम्मेवारी त्यहाँको स्थानीय तहको हो । धार्मिक, ऐतिहासिक तथा पुराताŒिवक स्थल र सो वरपरका गतिविधि व्यवस्थित गर्दै माछापोखरी खन्ने र बस्ती विस्तार जस्ता गतिविधिमा पालिकाले रोक लगाउन सक्नुपर्छ । स्थानीय समुदायलाई सम्पदाको महŒव बुझाउन जनचेतना अभियान सञ्चालन गर्दै त्यस्ता अभियानमा स्थानीयलाई सहभागी गराइ सहकार्य र सहयोग लिन सक्नुपर्छ । यस क्षेत्रको संरक्षणका लागि सरकार र निजी क्षेत्रको सहकार्य पनि चाहिन्छ नै, यसको निम्ति स्थानीय पालिकाले संयोजन गर्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्छ । धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहित गर्न सके स्थानीय राजस्व सङ्कलनका साथै क्षेत्रको प्रचारप्रसारमा पनि सहयोग पुग्नेछ । पुराताŒिवकस्थलहरूको अनुसन्धान र पहिचान गरी मौलिक तथ्यहरूको अभिलेख राख्न आवश्यक छ । संरचनाहरूको मर्मत तथा पुनर्निर्माणका लागि दीर्घकालीन योजना तयार गर्दै बस्ती विकास, पूर्वाधार निर्माण, पाखेरी खन्नेलगायतका कार्यका लागि पालिकाले मापदण्ड तय गर्ने र कडाइका साथ लागू गर्न अग्रसरता लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here