Wednesday, February 5, 2025

मेयरकप टी–२० ः पकाहामैनपुर र विन्ध्यवासिनी फाइनलमा

Share

सुग्रीव साह, भिस्वा, ३१ वैशाख/

छिपहरमाई गाउँपालिकाको सहयोगमा युवा समाज भिस्वाले आयोजना गरेको मेयरकप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा वीरगंज महानगर–२६ अठराहा सुगौलीलाई पकाहामैनपुर गाउँपालिकाले  तीन विकेट अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

टस हारेर ब्याटिड्ढो निम्ता पाएको वीरगंज–२६ अठराहा सुगौलीले निर्धारित १६ ओभरको खेलमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो । प्रतिउत्तरमा पकाहामैनपुरले सात विकेट गुमाएर ६९ रन बनाइ विजयी भयो । पहिलो सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ पकाहामैनपुरका विजय महतो घोषित भए । उनलाई प्रतीक दैनिकका संवाददाता सुग्रीव साहले पुरस्कार प्रदान गरेका थिए ।

दोस्रो सेमिफाइनलमा विन्ध्यवासिनी गाउँपालिका विजयी भएर फाइनलमा प्रवेश गरेको छ । टस जितेर विन्ध्यवासिनीले कालिकामाई गापालाई ब्याटिड्ढो निम्तो दिएको थियो । ११ ओभरमा सबै विकेट गुमाएर कालिकामाई २८ रनमा सीमित भयो । विन्ध्यवासिनी गापाले सो लक्ष्यलाई छ ओभरमा पूरा गरी जीत हासिल ग¥यो । यस खेलको ‘म्यान अफ दी म्याच’ विन्ध्यवासिनीका टाइगर घोषित भए । उनलाई नेपाली काङ्ग्रेसका किशोरीप्रसाद कानूले पुरस्कृत गरे ।  भोलि मङ्गलवार पकाहामैनपुर र विन्ध्यवासिनीबीच फाइनल खेल हुने आयोजक कमिटीले जानकारी गराएको छ ।

प्रतीक दैनिक
प्रतीक दैनिकhttp://eprateekdaily.com
वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

Read more

Local News