तरकारी किसानको लागि दिइएको तालीम प्रभावहीन

प्रस, सेढवा, ३१ वैशाख/ पर्साका ग्रामीण किसानहरूलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि विभिन्न तालीमको आयोजना गर्दै आए पनि प्रभावकारी हुन सकेको छैन । किसानहरूको जीवनस्तर उकास्न विभिन्न पालिकाहरूले लाखौं रकम खर्च गरी विभिन्न तालीम कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । तर तालीम कार्यक्रमबाट अहिलेसम्म कोही पनि व्यावसायिक तरकारी उत्पादन गर्ने सिपालु किसान बन्न सकेका […]

विद्यालयमा मेयर शिक्षा कार्यक्रम

प्रस, वीरगंज, ३१ वैशाख/ वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले सोमवारदेखि महानगरका सामुदायिक विद्यालयहरूमा कक्ष्Fाकोठामा मेयर कार्यक्रम शुरू गरेका छन् । सोमवार वीरगंज महानगर–४ स्थित महावीरप्रसाद रघुवीर राम त्रिजुद्ध मावि प्रFविधिक विद्यालयबाट नगरप्रमुख सिंहले यो कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले विद्यालयको कक्ष्Fाकोठामा पुगेर अध्ययनरत विद्यार्थीहरूमा उत्प्रेरणा बढाउने कक्ष्Fा लिएका थिए । नगरप्रमुख सिंहले चालू शैक्षिक […]

वन क्षेत्रमा विनाइजाजत अस्फाल्ट बेचिङ प्लान्ट सञ्चालन

प्रस, निजगढ, ३१ वैशाख/ निजगढ नगरपालिका–९ आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र विगत चार वर्षदेखि वीरगंजको रञ्जन निर्माण सेवाले वन ऐन, कानूनको बर्खिलाप अस्फाल्ट बेचिङ प्लान्ट उद्योग सञ्चालन गर्दै आएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित निजगढ सडकखण्डको दक्षिण भमरा पुुल पूर्वतर्पm अनुमति नलिएर स्थानीय तह निजगढ नगरपालिकाको आडमा अस्फाल्ट बेचिङ प्लान्ट उद्योग सञ्चालन […]

वर्षा भएपछि किसान हर्षित

बलिराम शुक्ला, बिरुवागुठी, ३१ वैशाख/ पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा सोमवार भएको वर्षाले किसानहरू खुशी भएका छन् । गत साता परेको हल्का वर्षाले किसानले लगाएको बालीलाई खासै फाइदा गरेको थिएन । तर आज बिहानदेखि परेको भारी वर्षाका कारण बाली लगाएका किसानहरू खुशी भएका हुन् । आजको वर्षाले विशेषगरी चैते धान, मकै र तरकारीबालीलाई फाइदा पु¥याएको पर्सागढी […]

दुबईमा तीन सय नेपाली पीडा भोग्दै

प्रस, वीरगंज, ३१ वैशाख/ वैदेशिक रोजगारमा नेपालबाट विभिन्न म्यानपावर कम्पनीबाट दुबई गएका तीन सय नेपाली अहिले पीडामा छन् । अञ्जली, नीलकमल र तिलगङ्गा ओभरसिजबाट दुबईको जबलहलीस्थित मेरेस्को कन्स्ट्रक्शनमा कामका लागि पठाइएका तीन सयजना नेपाली मजदूरलाई तोकिए बमोजिमको सेवासुविधाहरू नदिएको र सोविरुद्ध आवाज उठाउँदा अहिले उनीहरूलाई खान, बस्नबाट पनि वञ्चित गरिएको बताइएको छ । नेपालबाट रोजगारका […]

एभरेस्ट बैंकविरुद्ध कलैयामा प्रदर्शन

प्रस, वीरगंज, ३१ वैशाख/ कलैया उपमहानगरपालिकामा रहेको एभरेस्ट बैंकमा स्थानीय ऋणीहरूले विरोध प्रदर्शन गरेका छन् । बैंकले ऋणीहरूलाई साँवा र ब्याजका लागि ताकेता गरेर मानसिक यातना दिएको आरोपसहित स्थानीय ऋणीहरूले सोमवार भरतचोकबाट विरोध प्रदर्शन गर्दै गढीमाई जाने सडकमा रहेको एभरेस्ट बैंकअगाडि प्रदर्शन गरेका थिए ।  उनीहरूले बंैक मैनेजरको पुतला दहन गर्दै बैंकमा ढुङ्गामुढा पनि गरेका […]

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

काठमाडौं, ३१ वैशाख/रासस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ ।             शिक्षक–कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समिति सदस्यसमेत भएको गुनासोपछि शिक्षामन्त्री सुमना श्रेष्ठको यही वैशाख ४ गतेको निर्णयबाट मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्पmत दलीय राजनीतिक आबद्धता […]

सशस्त्र प्रहरी उपरीक्ष्Fकद्वयको स्वागत र बिदाइ

प्रस, वीरगंज, ३१ वैशाख/ वीरगंज उद्योग वाणिज्य सङ्घले पर्सामा सरुवा भई आएका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई स्वागत र पर्साबाट सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यलाई बिदाइ गरेको छ । सोमवार वीउवासङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रको औद्योगिक, व्यापारिक महŒव तथा उपादेयताबारे प्रकाश पारेका थिए । सशस्त्र प्रहरी बल नेपाल १३ […]

सालिक पुनस्र्थापित

प्रस, वीरगंज, ३१ वैशाख/ मधेस जनविद्रोह र नाकाबन्दीको समयमा वीरगंज महानगर–२ इदगाहचोकमा रहेको स्व गिरिजाप्रसाद कोइरालाको सालिक तोडफोड भएपछि अहिले पूर्णकदको सालिक निर्माण गरिएको छ । मधेस प्रदेश सरकारको साढे ११ लाख रुपैयाँको लागतमा स्व कोइरालाको पूर्णकदको सालिक स्थापना गरिएको छ । वीरगंज महानगरपालिकाले सर्वप्रथम स्व कोइरालाको पूर्णकदको सालिक रु छ लाखको लागतमा निर्माण गरेको […]

मेयरकप टी–२० ः पकाहामैनपुर र विन्ध्यवासिनी फाइनलमा

सुग्रीव साह, भिस्वा, ३१ वैशाख/ छिपहरमाई गाउँपालिकाको सहयोगमा युवा समाज भिस्वाले आयोजना गरेको मेयरकप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा वीरगंज महानगर–२६ अठराहा सुगौलीलाई पकाहामैनपुर गाउँपालिकाले  तीन विकेट अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टस हारेर ब्याटिड्ढो निम्ता पाएको वीरगंज–२६ अठराहा सुगौलीले […]