बझियानमा गहुँबाली ७० प्रतिशत काटियो
धर्मेन्द्र चौरसिया, पोखरिया, ३० चैत/ पर्सा जिल्लाको गण्डक नहरदेखि दक्षिणतर्फको बझियान क्षेत्रमा अहिले ७० प्रतिशत गहुँबाली कटान भएको छ भने ३० प्रतिशत कटानीको क्रममा छ । यो क्षेत्रमा हुने यो दोस्रो मुख्यबाली हो । सिंचाइका लागि गण्डक नहरसँग जोडिएको र बोरिङ सुविधा भएको बझियानका केही किसानहरूले मात्र चैत धानबाली गर्छन्, हैनभने अधिकांशले गहुँ र अगहनी […]
आजदेखि चैती छठ पूजा शुरू, सोमवार सकिने
धर्मेन्द्र चौरसिया, पोखरिया, ३० चैत/ तराईका जिल्लामा शुक्रवारदेखि चैती छठ शुरू भएको छ । यसपटक मुस्लिम समुदायको पवित्र रमजानको इद हिजोदेखि तीन दिन मनाइँदैछ भने भोलि विक्रम संवत् २०८१ नयाँ वर्ष शुरू हुँदैछ । तीनवटा पर्व मनाइने क्रममा आजदेखि चैती छठको व्रत शुरू भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यको पूजा हुने हिन्दूहरूको पवित्र पर्व […]
रौतहटमा आत्महत्या गर्नेमा महिला सङ्ख्या बढी बिहीवार एकै दिन चारजना नाबालिकाद्वारा आत्महत्या
प्रस, रौतहट, ३० चैत/ रौतहट जिल्लामा चैत २९ गते एकै दिन चारजना नाबालिकाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटकी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बिहीवार एकै दिन चारजना नाबालिकाले आत्महत्या गरेको बताइन् । उनले कटहरिया नगरपालिका–२ जमुनिया निवासी १८ वर्षीय अविवाहित मनीषाकुमारी चौधरी, वृन्दावन नपा–८ निवासी १७ वर्षीय शिवानी साह, गढीमाई […]
वडाध्यक्षले रूखमा बाँधेर कुटपिट गरेको आरोप
प्रस, पोखरिया, ३० चैत/ जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुर निवासी अमिर मियाँलाई शुक्रवार बिहान वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले रूखमा बाँधेर कुटेको आरोप लागेको छ । मियाँ आज बिहान वडाध्यक्ष कुशवाहाको घरमा सडक तोडफोडको क्रममा आफ्नो मात्र घर तोडिएको भनेर गुनासो गर्न गएका र सो क्रममा भनाभन भएर विवाद बढेपछि वडाध्यक्ष कुशवाहा र उनी पक्षका केही मानिसहरू मिलेर मियाँलाई […]
धर्ममाथि प्रहारको विरोधमा मुस्लिम समुदायको प्रदर्शन
प्रस, वीरगंज, ३० चैत/ सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतका बहालवाला न्यायाधीश कमलनारायण दासले मुस्लिम धर्मावलम्बीहरूको आस्थामा प्रहार गरी लेखिएको पोस्टको विरोधमा शुक्रवार वीरगंज महानगरका मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । वीरगंज महानगरका मुस्लिम समुदायले आज जिप्रकामा दिउँसो २ देखि ३ः३० बजेसम्म धर्ना, प्रदर्शन गर्दै जिप्रकामार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र […]
अभिलेख तथा लेखासम्बन्धी तालीम सम्पन्न
प्रस, निजगढ, ३० चैत/ उपभोक्ता समूहहरूका लागि अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुई दिने तालीम निजगढमा शुक्रवार सम्पन्न भएको छ । जतिसुकै इमानदारीपूर्वक संस्थाहरूको काममा सक्रिय रहे पनि उचित समयमा हिसाबकिताबको अभिलेख लेखा व्यवस्थापनको पद्धति अनुुसार राख्न नसक्दा कानूनी प्रश्न उठ्न सक्ने भन्दै विधिलाई अङ्गीकार गर्न मधेस प्रदेशका कोष तथा लेखा नियन्त्रक एवं प्रशिक्षक श्यामउदय ठाकुरले […]
साढे ४३ लाखको सामान बरामद
प्रस, वीरगंज, ३० चैत/ जिल्ला प्रहरी कार्यालय, बाराले हिजो राति इलाका प्रहरी कार्यालय, अमलेखगंजले बिलबीजकभन्दा बढीका रु ४३ लाख ३८ हजार बराबरको सामानसहित पिकअप र भ्यान नियन्त्रणमा लिएको जनाएको छ । बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट हिजो राति सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको पिकअप चेकजाँच गर्दा पिकअपमा लोड २० क्वीन्टल रहर र चनाको […]
सुरक्षित आप्रवासनको आयोजनामा अन्तत्र्रिmया
प्रस, रौतहट, ३० चैत/ सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत शुक्रवार नेपाल पत्रकार महासङ्घ रौतहटका पत्रकारहरूसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका संयोजक विनयकुमार साहले विभिन्न देशका जेलमा रहेका नेपाली तथा वैदेशिक रोजगारका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका नेपालीहरूको तथ्याङ्क प्रस्तुत गरे । उनले वैदेशिक रोजगारबाट वार्षिक विप्रेषण, आप्रवासी स्रोत […]
रक्सौलबाट नेपाली नाबालिकाको उद्धार, खान पक्राउ
प्रस, वीरगंज, ३० चैत/ मानव बेचबिखन नियन्त्रण एकाइ (क्षेत्र मुख्यालय) बेतिया कार्यालय ४७औं वाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चम्पारण बिहारले मिशन निर्भया अन्तर्गत एकजना नेपाली नाबालिकाको उद्धार गरेको छ । रक्सौल–वीरगंज मितेरीपुलबाट एसएसबीले एकजना नेपाली नाबालिकाको उद्धार गर्दै निजलाई ललाइफकाइ भारत लैजान लागेको कसूरमा मन्जुर आलम खानलाई पक्राउ गरेको जनाएको छ । इन्स्पेक्टर मनोज […]
पर्सा प्रहरीद्वारा एक महीनामा छ करोडको सामान बरामद
प्रस, वीरगंज, ३० चैत/ जिल्ला प्रहरी कार्यालय, पर्साले चैत महीनामा करीब छ करोड बराबरको चोरी पैठारीका सामानहरू बरामद गरी राजस्व अनुसन्धान कार्यालय, पथलैया र वीरगंज भन्सार कार्यालय चलान गरेको छ । जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले चैत १ देखि ३० गतेसम्म पाँच करोड ८७ लाख ३६ हजार बराबरको भन्सार छलीका सामानहरू […]