प्रस, वीरगंज, १९ चैत/
जिल्ला प्रहरी कार्यालय, पर्साले चार लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न र हरियो तरकारी नियन्त्रणमा लिएको छ ।
आइतवार वीरगंज–१६ नगवाबाट हरियो खुर्सानी ८८९ किलो, गोलभेडा २३५० किलो, कटहर ३५०० किलो गरी दुई लाख ८१ हजार मूल्य बराबरको तरकारी नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी, वीरगंज–१ छपकैयाबाट प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृतरूपमा जम्मा गरी राखेको मैदा २३ सय किलो, पापड १२८ किलो, सुरुवालको कपडा ६९७ मिटर गरी दुई लाख आठ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालयमा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।