नेपाल टेलिकम, प्रादेशिक निर्देशनालयमा विवाद, आर्थिक चलखेलमा सुरक्षागार्डसँग गोप्य सम्झौता
प्रस, वीरगंज, २ माघ/ नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, वीरगंजले १२ वटा स्रोतबाट आपूर्ति भएका कामदार छनोटमा अनियमितता भएको भन्दै विवाद शुरू भएको छ । नियम मिचेर कामदार छनोट गरेको र सोबापत ठूलो आर्थिक चलखेल भएको भन्दै एक पक्षले आरोप लगाउँदै सो कार्यालयमा हिजोदेखि विरोध गरेपछि प्रहरीले आज स्थिति साम्य बनाएको थियो । प्रादेशिक कार्यालय वीरगंजले […]
२०८० माघ ०३ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
बाराका सुकुमबासीले अझैसम्म लालपुर्जा पाएनन्
प्रस, निजगढ, २ माघ/ भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा अर्थात् लालपुर्जा बाँड्ने सरकारको भनाइ जनतालाई झुुक्याउने चाल बन्दै गइरहेको छ । पछिल्लोपटक बारामा राष्ट्रिय भूूमि आयोग जिल्ला समिति बारा गठन भएको करीब दुुई वर्ष पुग्न लागे पनि सुुकुुमबासी, अव्यवस्थित, अधूरो, अपूरो अवस्थाका जनताका हातहातमा जग्गाधनी पूुर्जा पुु¥याउने सरकारको योजना अहिले कागजमैं सीमित छ । […]
सानो पाइलाविरुद्ध खुद्रा व्यापारीको प्रदर्शन
प्रस, वीरगंज, २ माघ/ सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध मङ्गलवार पनि बचतकर्ताहरूले प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् । आज सो संस्थामा बचत गरेका साना व्यापारीहरूले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीको कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामार्फत प्रहरी प्रधान कार्यालयमा बचत रकम फिर्ता गराउन पहल गरिदिन भनी ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले […]
अत्यधिक चीसोका कारण जनजीवन कष्टकर
बलिराम शुक्ल, बिरुवागुठी, २ माघ/ अत्यधिक चीसो तथा शीतलहरका कारण पर्साका ग्रामीण भेगको जनजीवन कष्टकर बन्दै गइरहेको छ । केही दिनदेखि अत्यधिक चीसो हावा बढ्नुका साथै शीतलहरका कारण वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गरी परिवार पाल्दै आएका अतिगरीब, विपन्न परिवारको जनजीवन कष्टकर बन्दै गइरहेको छ । चीसो हावाका कारण विशेष कामले घरबाहिर जानेहरूलाई समस्या हुन […]
चीसोको कारण पर्साका विद्यालयको बिदा बढ्यो
प्रस, वीरगंज, २ माघ/ पर्सा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको बिदा चीसोका कारण लम्बिएको छ । वीरगंज महानगरपालिकाले माघ ४ गतेसम्म चीसोका कारण विद्यालय बन्द गर्ने घोषणा गरेको छ । शिक्षा महाशाखाका अधिकृत हरि राउतले माघ ४ गतेसम्म विद्यालय बन्द गरिएको र ५ गते मधेस प्रदेशमा बलिदान दिवस मनाइने हुँदा पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू […]
पोखरियामा हेन्डीक्राफ्टसम्बन्धी तालीम शुरू
प्रस, पोखरिया, २ माघ/ पोखरिया नगरपालिकाको सहयोग र रुलर डेभलपमेन्ट सेन्टरको आयोजनामा हेन्डीक्राफ्टसम्बन्धी १० दिने तालीम सोमवारदेखि पोखरियामा शुरू भएको छ । वडाध्यक्ष लछुमनसाह कानूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाकी उपप्रमुख रूबी ठाकुरले तालीममा भत्ता र नास्ताको लागि सहभागी नहुन सुझाव दिइन् । उनले पालिकाबाट हरेक वर्ष विभिन्न किसिमका तालीम सञ्चालन हुने गरेको […]
कृत्रिम गर्भाधानबाट तिम्ल्याहा शिशुको जन्म
प्रस, वीरगंज, २ माघ/ वीरगंजको सूर्य हस्पिटल प्रालिमा कृत्रिम गर्भाधानबाट तिम्ल्याहा शिशुको जन्म भएको छ । आज पत्रकार सम्मेलन गरेर हस्पिटलकी सञ्चालिका डा मोनिका सिंह यादवले अस्पतालमा आइबिएफ (कृत्रिम गर्भाधान सेवा) शुरू भएको एक वर्षपछि हिजो तिम्ल्याहा जन्मेको र स्वस्थ रहेको बताइन् । दुईजना छोरी, एकजना छोरा जन्मिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको डा […]
दुर्घटनामा दुईजनाको मृत्यु
प्रस, जनकपुर, २ माघ/ भङ्गाहा–जयनगर रेलभित्र लडेर एकजना यात्रीको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीका ५० वर्षीय रामएकबाल पण्डितको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक रञ्जन अवालेले बताए । मङ्गलवार बिहान ८ बजे महोत्तरीको भङ्गाहाबाट जयनगरतर्पm जान लागेको रेलमा पण्डित चढेका थिए । टिटीले टिकट चेक गर्न जाँदा […]
पूर्वराजा शाहद्वारा रौतहट शिवनगर मन्दिरमा पूजाअर्चना
प्रस, रौतहट, २ माघ/ पूर्वराजा ज्ञानेन्द्र शाहले शिवनगरस्थित महादेव मन्दिरमा मङ्गलवार पूजापाठ गरेका छन् । केही दिनअघि सिमरा आएका पूर्वराजाले यस क्षेत्रको धार्मिकस्थलमा पूजाअर्चना गर्ने कार्यक्रम तय भए अनुसार आज शिवनगर चोकबाट पैदल हिंडेर मन्दिर पुगेर पूजाअर्चना गरेका थिए । सो क्रममा समर्थकहरूले बाटोमा पूर्वराजालाई फूलमाला लगाइ स्वागत गरेका थिए । समर्थकहरूले ‘राजा आऊ देश […]