अंशको विवादलाई लिएर पतिद्वारा पत्नीको बीभत्स हत्या

प्रस, परवानीपुर, ९ कात्तिक/ वीरगंज महानगर–१४ बहुअरी मुस्लिम टोलमा गत शनिवार फूलपातीको राति एकजना महिलाको बीभत्स हत्या भएको छ । सोही टोलका इजहारुल हक अन्सारीले २८ वर्षीया कान्छी पत्नी महिमा खातुनको छुरा प्रहार गरी हत्या गरेको पर्सा प्रहरीले जनाएको छ । विवाह गरेको १० वर्षदेखि इजहारुल   कान्छी पत्नीलाई लिएर जेठी पत्नीसँग बस्दै आएका थिए । […]

वडाध्यक्षलाई कुट्ने प्रनानिलाई कारबाईको माग

प्रस, परवानीपुर, ९ कात्तिक/ वीरगंज महानगरपालिका–७ का अध्यक्ष हीराकाजी महर्जनलाई मुक्का प्रहार गरी कुटपिट गरेका नगवा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रवीन्द्र साह तुराहालाई कारबाईको माग गरिएको छ । वडाध्यक्ष महर्जनसँगै वीरगंज मनपाका आठवटा वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरूले बुधवार रामटोल हनुमान मन्दिरस्थित दुर्गापूजा समितिको पण्डालमा पत्रकार सम्मेलन गरी कारबाईको माग गरेका हुन् । गत […]

जग्गाको विवादमा घाइते भएकी रीताको मृत्यु

प्रस, परवानीपुर, ९ कात्तिक/ जग्गाको विवाद बढेर झगडा हुँदा पर्सामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका–२ भेडिअर्वाकी ५० वर्षीया रीतादेवी रहेकी छन् । उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्यपरीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् । स्थानीय धनई बरईका छोरा सन्दीप बरई, […]

जङ्गली हात्तीले गर्यो धानबाली नष्ट

प्रस, परवानीपुर, ९ कात्तिक/ पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले पर्साको उत्तरी भेगमा लगाइएको धानबाली नष्ट गरेको छ । पटेर्वासुगौली गापा–१ रामभौरीभाठाका करीब आधा दर्जन किसानका धानबाली नष्ट गर्नुका साथै  एकजना किसानको कुखुरा फार्मको दाना पनि खाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कैलाश भर, इदु अन्सारी, सतार अन्सारी, लतिफ अन्सारीका धानबाली नष्ट गर्नुका साथै सलीम अन्सारीको […]

सर्पदंशबाट विश्रामपुरमा वृद्धको मृत्यु

प्रस, परवानीपुर, ९ कात्तिक/ सर्पदंशबाट पर्सामा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ७५ वर्षीय दरोगा राउत कुर्मी रहेका छन् । गत अष्टमीको राति १२ः३० बजे उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उनको मृत्यु भएको थियो । सोही राति ८ः३० बजे छिमेकी रमेश कलवारको घरमा निस्केको सर्पलाई समात्न जाँदा सर्पले उनलाई […]

पर्सामा विराट दङ्गल कुश्ती प्रतियोगिता सम्पन्न

प्रस, वीरगंज, ९ कात्तिक/ वीरगंज महानगरपालिका–१६ नगवामा बौधीमाई महानवमी मेला २०८० तथा विराट दङ्गल कुश्ती प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल रूँगटाले देशविदेशमा कुश्ती प्रतियोगिता आयोजना भइरहेकामा खेलाडीहरूलाई अझ राम्रो ढङ्गले प्रदर्शन गर्न शुभकामना दिए । नेपाली काङ्ग्रेस, पर्साका उपसभापति रामनारायण कुर्मीले कुश्ती खेलले युवाहरूमा […]

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

जिउक्वान, चीन, ९ कात्तिक/एएफपी चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसन अन्तर्गत बिहीवार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसन अन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेशनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका […]

सबल अर्थतन्त्रका लागि सूचना प्रविधि उद्योगमा लगानी बढाउ

शीतल महतो मुलुकको आर्थिक विकास र समृद्धिका लागि विशेषगरी कृषि, ऊर्जा, उद्योग–व्यवसाय, पर्यटन र भौतिक पूर्वाधार निर्माणलगायतका क्षेत्रको विकास गर्नुपर्छ भन्ने आम बुझाइ छ । तर सूचना प्रविधि क्षेत्रको विकासबाट मुलुकले आर्थिक समृद्धिको आधार निर्माण गर्न सक्छ भन्ने विषयमा त्यति बहस हुन सकेको छैन । नेपालमा सूचना प्रविधि उद्योगको सम्भावना र यसले मुलुकको आर्थिक विकास […]

नेपालका कम्युनिस्टहरूलाई एक प्रश्न

विश्वराज अधिकारी नेपालका कम्युनिस्टहरूलाई एक प्रश्नः नेपालको आर्थिक विकास किन भएन ? हुनत यो प्रश्न नेपाली काङ्ग्रेसलाई पनि सोध्न सकिन्छ । तर उपयुक्त भने कम्युनिस्टहरूलाई सोध्नुहुन्छ । काङ्ग्रेसीहरूले आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तमा गरीबी निवारणलाई एक नम्बरमा राखेका छैनन् । देशको आर्थिक विकासलाई एक नम्बरमा राखेका छैनन् । नेपाली काङ्ग्रेसले आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तको […]