२०८१ माघ २३. बुधबार

मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नेपिट, ३ जेठ/एएनआई

म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमानको बसोवासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँँको मठ भत्किंदा १३ जनाले  ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किंदा एकजना महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको छ । आँधीका कारण एक सयभन्दा मानिस बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लाेले बताएका छन् ।

सिट्टेनजीक विस्थापित रोहिङ्ग्या शरणार्थी शिविरमा नौजनाको मत्यु भएको तथा ओन ताव छे गाउँमा एकजना र ओव गीमा छजनाले ज्यान गुमाएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै एमआरटिभीले जनाएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस