प्रस, वीरगंज, १३ असोज/
पर्सा, बारा र सर्लाहीका पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको पिसिआर परीक्ष्Fण गर्दा पर्सा र बाराका २५ जनामा र ६ जनाको जिन एक्सपर्ट प्रविधिबाट परीक्ष्Fण गर्दा सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। बारा र सर्लाहीका १/१ जना र वीरगंज महानगर–१५, १६ का १/१ जना, वडा नं २९ का २ जना, वडा नं २१ का ५ जना, वडा नं ३२ का ८ जना र वडा खुल्न नसकेको एकजना गरी महानगरमा १८ जना सङ्क्रमित पुष्टि भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।
यसैगरी, ठोरी गापा–१ र कालिकामाई गापाका ५ जना सङ्क्रमित पुष्टि भएका छन्।
Share
Read more