Wednesday, February 5, 2025

स्वास्थ्य समीक्षा गोष्ठी

Share

प्रस, पंचगावाँ, १३ असोज/
    सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिने वार्षिक समीक्षा गोष्ठी शुरू भएको छ।
    स्वास्थ्य चौकी भवनमा आव २०७६/०७७ को स्वास्थ्य कार्यक्रमको दुई दिने समीक्षा गोष्ठी शुरू भएको हो। स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र सहसंयोजक सरोज गिरीले सहभागीहरूलाई प्रशिक्ष्Fण दिएका छन्। गापाका ६ वटा वडामा रहेका स्वास्थ्य चौकीका इन्चार्ज, स्वास्थ्यकर्मी समीक्षा गोष्ठीमा सहभागी छन्।
    सखुवाप्रसौनी, कौवा वनकटैया, देउरवाना, मथुवन मथवल, लखनपुर र महुवन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवा अझ बढी प्रभावकारी ढङ्गबाट कसरी दिने विषयमा प्रशिक्ष्Fणमा सिकाइने बताइएको छ। खोप, परिवार नियोजन, पोषण, सुरक्ष्Fित मातृत्व, क्षयरोग, झाडापखाला, कुष्ठरोग, श्वासप्रश्वास, चर्मरोग, ज्वरोलगायतका बिरामीहरूलाई दिइने सेवा अझ बढी प्रभावकारी ढङ्गबाट दिने विधिबारेमा जानकारी गराइने गापा अध्यक्ष प्रदीप जैसवालले बताए।

Read more

Local News