पर्सामा आन्तरिक राजस्व एक अर्ब उठ्न बाँकी

0
370

प्रस, परवानीपुर, ८ असोज/
आन्तरिक राजस्व कार्यालय, वीरगंज पर्साले करीब रु १ अर्ब राजस्व उठाउन बाँकी रहेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार विगत लामो समयदेखि करदाताले कर नतिर्दा बर्सेनि कर बक्यौताको ग्राफ बढ्दै गएको देखिएको छ । कार्यालयका सूचना अधिकारी ह्दयनारायण महतोका अनुसार गत आवको असार मसान्तसम्म करीब
रु ९८ करोड कर असुल गर्न बाँकी थियो ।
मूल्य अभिवृद्धि करतर्पm करीब ३ हजार करदाताबाट रु ५१ करोड १६ लाख र आयकरतर्पm ४ हजार ४ सय करदाताबाट रु ४७ करोड गरी रु ९८ करोड कर बक्यौता असुल उपर गर्न बाँकी रहेको उनले जानकारी दिए । २०५८ सालअघिदेखि गत असारसम्म त्यति धेरै कर असुल उपर गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
साढे ७ हजार करदातासँग रु ९८ करोड कर असुल गर्न बाँकी देखिएकोमा सोमध्ये करीब एक तिहाइ कर भारतीय करदाताले तिर्न बाँकी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रु २० करोडभन्दा बढी कर भारतीय नागरिकले छली गरी फरार भएका छन् । भारतबाट वीरगंज आई आफन्तजन तथा कर्मचारीको नाममा व्यावसायिक फर्म खडा गरी भारतीयहरूले कर छली गर्ने गरेको देखिन्छ । कर कार्यालयको अनुसन्धानमा परेपछि कर नबुझाएर भारतीय करदाता फरार हुने गरेको सूचना अधिकारी महतोले बताए ।
अवैध आर्थिक गतिविधिलाई केही वर्षदेखि अङ्कुश लगाउन थालिएपछि हाल फर्म दर्ता गर्न पनि कडाइ गरिएको उनले बताए । त्यसैगरी, कर बक्यौतामा पुराना संस्थान अर्थात् सरकारी एवं अर्ध सरकारी कार्यालयहरूबाट पनि कर बुझाउन बाँकी रहेको छ । वीरगंज चिनी कारखाना, नेपाल संस्थान लिमिटेड, पुरानो होटल कर, बिक्री कर, ठेक्का कर, मनोरञ्जन करलगायतका कर बक्यौता हँुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here