प्रस, परवानीपुर, २७ भदौ/
कोरोना महामारीको समयमा पनि नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोकिएको छैन।
बाराको ग्रामीण नाकाबाट तस्करीको ११ लाख ७२ हजार रुपैयाँको सामान बारा प्रहरीले बरामद गरेको छ भने सो सामान ओसारपसारमा प्रयोग भएका एक मिनी ट्रक र एउटा मोटरसाइकल पनि बरामद गरेको छ। बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार भारतबाट भन्सार छली ल्याइएको किराना सामान तथा नेपालबाट तस्करी गर्न लागिएको केराउ गरी कुल रु ११ लाख ७२ हजारका सामान बरामद भएको हो।
उनले बरामद सामान तथा ना.७ख ६८५८ नम्बरको मिनी ट्रक तथा एउटा नम्बर नखुलेको मोटरसाइकल पनि आवश्यक कारबाईको लागि वीरगंज भन्सार चलान गरिएको बताए। नेपालभन्दा सस्तोमा किराना सामान भारतमा पाइने भएकोले भन्सार छली बाराका पसलेहरूले उक्त सामान तस्करीबाट मगाउने गरेका छन् भने तेस्रो मुलुकबाट आएका केराउ, छोहोडा, मरिचलगायतका सामान नेपालभन्दा भारतमा महँगोमा बेचिने भएकोले नेपालबाट यी वस्तुहरू भारत तस्करी हँुदै आएको छ।