२०७७ भदौ २४ गते बुधवारको प्रतीक दैनिक
बैंक पूर्ण सञ्चालनमा प्रशासनको असहयोग, गेटमा आएका ग्राहकलाई सेवा दिंदै वीरगंजका बैंकहरू
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/bank.jpg)
प्रस, वीरगंज, २३ भदौ/ वीरगंजका बैंकहरू पूर्ण सञ्चालनमा स्थानीय प्रशासनले सहयोग नगरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंजका ‘क’वर्गका २७ वटा बैंकका शाखालाई सञ्चालन गर्न सहज वातावरण बनाउन सहयोग नगरेको बैंकका कर्मचारीहरूले बताए। “प्रशासनले बैंक नखोल्न भनेको छ, तर पनि गेटमा आएका ग्राहकहरूलाई हामीले फिर्ता पठाएका छैनौं,” बैंकर एशोसिएशन अफ वीरगंजका एकजना […]
परल मूल्यमा मल पाएपछि किसानहरू खुशी
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/mal-1024x380.jpg)
प्रस, सेढवा, २३ भदौ/ जीराभवानी गाउँपालिकाका किसानले परल मूल्यमा मल पाएका छन्। प्रतीक दैनिकमा भदौ १६ गते साल्ट टे«डिङबाट सरकारको अनुदानमा प्राप्त मल संस्थाहरूले दोब्बरी मूल्यमा बिक्री गरिरहेको समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले किसानहरूलाई परल मूल्यमा मल उपलब्ध गराउन पहल गरेपछि किसानहरूले मल प्राप्त गरेका हुन्। जीराभवानी गापाको वडा नं. २, ३, ४ सेढवा, नौकाटोला, […]
सुक्खा बन्दरगाहद्वारा १ अर्ब ८६ करोड राजस्व असुली
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/railway-1024x280.jpg)
राधेश्याम पटेल, वीरगंज, २३ भदौ/ श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आवको साउनमा राजस्व लक्ष्य भेटाएको छ। भन्सार विभागले भन्सार कार्यालयलाई दिएको लक्ष्यभन्दा ४.६७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनमा रु १ अर्ब ७८ करोड २७ लाख ८४ हजारको मासिक राजस्व लक्ष्य पाएकोमा लक्ष्यभन्दा ४.६७ प्रतिशत बढी अर्थात् रु […]
निजगढ नपामा कर्मचारी छनोटमा त्रुटि, अनुभवपत्र बढीको पेश
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/photo-077-05-23-a-jitlal-bara-1024x447.jpg)
प्रस, निजगढ, २३ भदौं/ निजगढ नगरपालिकाद्वारा माग गरिएको फिल्ड सहायक पदमा उम्मेदवारको कार्य अनुभव पत्र त्रुटिपूर्ण रहेको रहस्य खुलेको छ। निजगढ नपा–७ का कविर पौडेलले पेश गरेको कार्य अनुभव पत्र बढाएर बनाएको पाइएको छ। निजगढ–९ मा रहेको निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाबाट दुई वर्षको कार्य अनुभव पत्र बनाएको रहस्य खुलेको हो। उनले फिल्डमा […]
चौधरीको मृत्यु सम्बन्धमा छानबीन शुरू
प्रस, वीरगंज, २३ भदौ/ नारायणी अस्पतालले बारा जिल्ला, कोल्हवी नगरपालिका–४ सपही बस्ने विक्रम चौधरीको मृत्यु सम्बन्धमा छानबीन समिति गठन गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले तीन सदस्यीय छानबीन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि दोषी ठहरिएकालाई नियम अनुसार कारबाई र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने जानकारी गराएका छन्। विक्रम चौधरीको भदौ […]
बाराका ६० वर्षीय सङ्क्रमितको मृत्यु
प्रस, वीरगंज, २३ भदौ/ वीरगंजमा थप एकजना सङ्क्रमितको उपचारको क्रममा मृत्युु भएको छ। बाराको महागढीमाई नगरपालिका–१० गंजभवानीपुरका ६० वर्षीय वृद्धको सोमवार राति १० बजे वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा मृत्युु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए। मधुमेह र पक्ष्Fघातका रोगी रहेका वृद्धलाई भदौ १३ गते सास फेर्न समस्या भएपछि नारायणी वयोधा अस्पतालमा भर्ना […]
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काममा तीव्रता
काठमाडौं, २३ भदौ/ राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ। विमानस्थल निर्माणस्थलमा पर्ने रूख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रूख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मङ्गलवार मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय […]
पर्सागढीमा चोरीको घटनामा वृद्धि
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/dhara.jpg)
प्रस, बिरुवागुठी, २३ भदौ/ पर्सागढी नगरपालिकामा अहिले चोरीका घटनामा वृद्धि भएको छ। पर्सागढी नगरपालिका–३ सृजनटोलका मानबहादुर तामाङ र वीरबहादुर पहरीको पानी तान्ने मोटर चोरी भएको छ। यसैगरी, आइतवार पर्सागढी नपा–३ बडनिहार निवासी इन्द्रबहादुर श्रेष्ठको गोठबाट बाख्रा चोरी भएको थियो। घरका सदस्यहरू खेतमा धान काट्न गएको मौका छोपी चोरले गोठबाट बाख्रा चोरेको पीडित श्रेष्ठले बताए। पर्सागढी […]
हवल्दारको उपद्रो
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/kutpit.jpg)
प्रस, वीरगंज, २३ भदौ/ जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी हवल्दार सुरेन्द्र यादवले सोमवार राति वीरगंज महानगरको अलौंमा मदिरासेवन गरी होहल्ला गर्दै केही व्यक्तिलाई कुटपीट गरेको समाचार छ। प्रहरी हवल्दार यादवले सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत चन्दन बैठालाई कुटपीट गरी घाइते बनाएका छन्। लाठी प्रहारबाट उनको टाउको फुटेको छ। घाइते बैठाले प्रहरी हवल्दारविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा […]