प्रस, वीरगंज, २३ भदौ/
    नारायणी अस्पतालले बारा जिल्ला, कोल्हवी नगरपालिका–४ सपही बस्ने विक्रम चौधरीको मृत्यु सम्बन्धमा छानबीन समिति गठन गरेको छ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले तीन सदस्यीय छानबीन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि दोषी ठहरिएकालाई नियम अनुसार कारबाई र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने जानकारी गराएका छन्।
    विक्रम चौधरीको भदौ २१ गते नारायणी अस्पतालको आइसियूमा निधन भएको थियो। उनलाई बिहान ११ बजे आइसियूमा भर्ना गरिएको तर चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको लापर्बाहीका कारण उपचारविना अकालमैं मृत्यु भएको भनी चौधरीका दाइ अनिलकुमार चौधरीले जिल्ला प्रशासन कार्यालय, पर्सामा उजूरी दिएका थिए। सोही उजूरीका आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा छानबीनको लागि उजूरीकर्ताको निवेदन संलग्न गरी पठाएको छ। स्वास्थ्य मन्त्रालयमा सोमवार उजूरीकर्ताको निवेदन पठाइएको र सोही दिन नारायणी अस्पतालले पनि तीन सदस्यीय छानबीन समिति गठन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here