छिपहरमाईमा २७ जनाद्वारा रक्तदान

0
357

प्रस, वीरगंज, २० भदौ/
    छिपहरमाई गाउँपालिकामा शनिवार आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्।
    सनसाइन इङ्गलिश बोर्डिङ स्कूल, शाह हेल्थ क्लिनिक र रेडक्रस उपशाखा तुलसीबर्वाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा जितेन्द्र महतो, सुरेन्द्र श्रीवास्तव, रविकान्त महतो, जालिम मियाँ धोबी, राजेश हजरा, भन्टु यादव, मोर्घाज यादव, राजु सहनी, राजेन्द्र महतोलगायतले रक्तदान गरेको  रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here