Wednesday, February 5, 2025

लरीको ठक्करबाट टेम्पु चालकको मृत्यु

Share

प्रस, महोत्तरी, १३ भदौ/
    महोत्तरीको बर्दिबासमा शनिवार बिहान सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
    बर्दिबास नगरपालिका वडा नं १ स्थित बर्दिबास चोकमा रोकेर राखेको ना.३स २३६१ नम्बरको टेम्पुलाई आरजे ०२ जिबि ३३४७ नम्बरको भारतीय लरीले ठक्कर दिंदा टेम्पु चालकको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुने सोही स्थान निवासी ४० वर्षीय टेकनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
    गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनुकुमार साहले जानकारी दिए।
    भारतीय लरी चालक अरबिन कुमार बलाइत र लरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता साहले बताएका छन्।

Read more

Local News