नयाँ प्रजिअ आएपछि निषेधाज्ञामा कडाइ

प्रस, वीरगंज, ३२ साउन/    वीरगंज महानगरमा साउन १० गते र पर्सा जिल्लाभरि साउन १९ गतेदेखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले अत्यावश्यक वस्तुको खरीदमा पनि चासो देखाएको छैन।    महानगरमा निषेधाज्ञा जारी भएको २३ दिन र जिल्लाभरि दुई साता बितिसक्दा पनि स्थानीय प्रशासनले अत्यावश्यक वस्तु खरीदका लागि समय प्रदान नगर्दा समस्या भएको छ। अहिलेसम्म निरन्तररूपमा निषेधाज्ञा जारी भएको […]

स्वास्थ्यकर्मी, सञ्चारकर्मीसहित ४७ जना सङ्क्रमित

४७ जना सङ्क्रमितराधेश्याम पटेल, वीरगंज, ३२ साउन/पर्सा र बारामा ९ महिलासहित ४७ जना नयाँ सङ्क्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालाले शनिवार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ८ देखि ६० वर्षका ४७ जना सङ्क्रमित रहेका छन्। जसमध्ये पोखरिया अस्पतालका एकजना चिकित्सक, दुईजना महिलासहित १२ जना सङ्क्रमित छन्। यसैगरी, पत्रकार राजन रौनियार पनि सङ्क्रमित भएका छन्। एभिन्युजका […]

अतिआवश्यक कामको लागि बैंकिङ सेवा शुरू

प्रस, वीरगंज, ३२ साउन/वीरगंजमा अत्यावश्यक कामको लागि मात्र बैंकिङ सेवा सञ्चालन गरिएको छ। समुदायमा सङ्क्रमण फैलिएर साउन १० गते निषेधाज्ञा जारी भएपछि वीरगंजमा रहेका २७ वटा निजी बैंकले आफ्नो सेवा बन्द गरेका थिए।वीरगंज भन्सार कार्यालय, सुक्खा बन्दरगाह, आइसिपी र आन्तरिक राजस्व कार्यालयबाहेकका सबै बैंकको सेवा बन्द थियो। लामो समयसम्मसेवा बन्द भएपछि अत्यावश्यक वस्तुको लागि भुक्तानीमा […]

चाडपर्व आआफ्नै घरमा मनाउन आग्रह

चिरञ्जीवी सापकोटा, ठोरी, ३२ साउन/ठोरी गाउँँपालिका वडा नं १ मा आइतवार सर्वपक्षीय भेला सम्पन्न भएको छ। वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले कोभिड–१९ कोरोना भाइरसले भयावह रूप लिइरहेको अवस्थालाई मध्यनजर गर्दै वडावासीलाई सतर्कता अपनाउन आग्रह गरिएको थियो।सर्वपक्षीय छलफलमा कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले जारी गरेको नियम पूर्ण पालना गर्ने गराउने, हरितालिका तीजलगायतका चाडपर्व […]

युवकको हत्या

प्रस, रौतहट, ३२ साउन/गरुडा नगरपालिकाका–८ का एक युवकको घाँटी रेटी हत्या गरिएको छ। गरुडा नगरपालिका–८ जिङ्गडियाका २० वर्षीय निरञ्जन रामलाई धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

अदालतको आदेशपछि एक्साभेटर उपलब्ध

 प्रस, निजगढ, ३२ साउन/    प्रक्रिया पूरा नगरी वन क्षेत्रमा सडक खन्न प्रयोग गरेको एक्साभेटर ५ दिनभित्र उपलब्ध गराउन आदेश दिएपछि उपलब्ध गराइएको छ।    सडक खन्न प्रयोग गरिएको एक्साभेटर उपलब्ध गर्न, गराउन भन्दै मकवानपुर जिल्ला अदालतले साउन २५ गते आदेश दिएपछि ३१ गते शनिवार डिभिजन वन कार्यालय मकवानपुरलाई एक्साभेटर उपलब्ध गराइएको छ।    बकैया गापास्थित चुनढुङ्गा–दरबार सडक […]

जलेश्वरको कोभिड अस्पतालमा भेन्टिलेटर जडान

प्रस, महोत्तरी, ३२ साउन/    प्रदेश २ सरकारको आर्थिक सहयोगबाट जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा आजदेखि पाँच थान भेन्टिलेटर जडान गरिएको छ।    कोरोना सङ्क्रमितहरूलाई जोखिम कम गर्न जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले बताए। भेन्टिलेटर जडानका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गरेको हुँदा हाल कोभिड अस्पतालमा भेन्टिलेटरसहितको […]

हिरासतको निरीक्षण तथा अनुगमन

प्रस, रौतहट, ३२ साउन/प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आइतवार जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण शाखा र हिरासत कक्षको निरीक्षण तथा अनुगमन गरेका छन्। निरीक्षणको क्रममा उनले हिरासतमा रहेका थुनुवाको मर्काबारे सोधखोज गरेका थिए।सो क्रममा जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले शान्ति सुरक्षाको अवस्था, बाढी नियन्त्रण, कोरोना रोकथाम तथा नियन्त्रण एवं लकडाउन कार्यान्वयन सम्बन्धमा […]

रौतहटमा एक हप्ता निषेधाज्ञा थप

प्रस, रौतहट, ३२ साउन/सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रौतहटमा एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ। शनिवार जिल्ला सुरक्षा समितिले गरेको निर्णय अनुसार भदौ १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो।निषेधाज्ञा अवधिमा सर्वसाधारणहरूलाई अतिआवश्यक उपभोग्य खाद्यान्न सामग्री आपूर्ति सहज बनाउन हप्ताको तीन दिन १ गते सोमवार, ३ गते बुधवार र ५ गते शुक्रवार […]