जलेश्वरको कोभिड अस्पतालमा भेन्टिलेटर जडान

0
253


प्रस, महोत्तरी, ३२ साउन/
    प्रदेश २ सरकारको आर्थिक सहयोगबाट जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा आजदेखि पाँच थान भेन्टिलेटर जडान गरिएको छ।
    कोरोना सङ्क्रमितहरूलाई जोखिम कम गर्न जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले बताए। भेन्टिलेटर जडानका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गरेको हुँदा हाल कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसियू सेवा सञ्चालनमा आएको अध्यक्ष पाण्डेले बताए।
    महोत्तरीको जिल्ला सदरमुकामस्थित कोभिड अस्पतालमा हाल ४२ जना कोरोना सङ्क्रमित उपचाररत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here