उद्देश्यपूर्ण जीवनको आधार
प्रसिद्ध दार्शनिक प्लेटोसँग कसैले प्रश्न ग¥यो–“म जीवनमा सुखी र आनन्दित कसरी हुन सक्छु ?” प्लेटोले गम्भीरतापूर्वक उत्तर दिए–“यदि तिमी त्यो बन्न सक, जुन बन्नका लागि तिमी जन्मेका छौ भने तिमी जीवनको आनन्द प्राप्त गर्न सक्छौ ।” सुन्न र पढ्न सरलजस्तो लाग्ने यो सूत्र, मानिसका लागि कठिन यस कारण बन्न पुग्छ कि हामी जीवन विनाशनीति, बेहोसीमा […]
साझा उत्तरदायित्वको खाँचो
मानव बेचबिखन नेपालको दीर्घकालीन सामाजिक समस्या हो । यसविरुद्ध राज्य, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रयासले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । नेपालबाट हुने मानव बेचबिखनका प्रमुख स्वरूपहरूमा जबरजस्ती श्रम, यौन शोषण, घरेलु कामदारका रूपमा उपयोग, बालश्रम तथा अ· तस्करी उल्लेखनीय छन् । किशोरी र महिलाहरू यौन शोषणका लागि भारत, खाडी मुलुकहरू र मलेशिया […]
जलविद्युत्मा सकारात्मक सङ्केत

नेपालको जलविद्युत् क्षेत्रको सम्भावना अविश्वसनीय छ । प्राकृतिक स्रोत र जलस्रोतहरूको भरपूर उपयोग गर्दै यस क्षेत्रले मुलुकको समृद्धिमा योगदान पु¥याउन सक्छ । अध्ययन अनुसार नेपालमा जलविद्युत् उत्पादनको क्षमता ८५ हजार मेगावाटको आसपास रहेको छ । उत्पादन क्षमतामध्ये हाल आठ हजार मेगावाट क्षमताको मात्र उपयोग भइरहेको छ । विश्वका अन्य मुलुकहरूको तुलनामा नेपाललाई जलविद्युत्को क्षेत्रमा महŒवपूर्ण […]
व्यावसायिक शिक्षाको खाँचो

नेपालको वर्तमान शिक्षा प्रणाली समय कटाउने, किताबी ज्ञान मुखरित गर्ने र प्रमाणपत्र प्राप्त गरेर जागीरको खोजी गर्ने मानसिकता सिर्जना गर्नमा सीमित छ । विद्यार्थीलाई आत्मनिर्भर बनाउने, सिर्जनशीलता विकास गर्ने, आधुनिक प्रविधि तथा बजारअनुकूल सीप प्रदान गर्ने कुरामा हाम्रो शिक्षा केन्द्रित छैन । त्यसैले नेपाली युवाले जतिसुकै औपचारिक शिक्षा उत्तीर्ण गरे पनि सोबाहेक थप तालीम, प्रशिक्षण […]
समाज अपराधीकरणतर्फ

नेपालमा एक महीनाको अवधिमा चार हजारभन्दा बढी आपराधिक घटना भएका छन् । यो त दर्ता भएका मुद्दाहरू हुन्, सरकारी रेकर्डमा नआएका अन्य धेरै मुद्दा हुन सक्छन् । यसले समाजमा अपराधीकरणको गहिरो समस्यातर्फ सङ्केत गरेको छ । बैंकिङ कसूरदेखि जबरजस्ती करणी, लागूऔषध दुरुपयोग, ठगी, हत्या प्रयास र आत्महत्यासम्बन्धी घटनाका उच्च सङ्ख्याले नेपाली समाजमा नैतिक र कानूनी […]
स्थानीय तहलाई शिक्षा

नेपालको संविधान अनुसार स्थानीय तहलाई शिक्षासम्बन्धी नीति निर्माण र कार्यान्वयनको अधिकार प्रदान गरिएको छ । यसैअनुरूप विद्यालय शिक्षा स्थानीय तह अन्तर्गत रहने गरी कानूनी ढाँचा तयार गरियो । तर दुर्भाग्य, शिक्षालाई सुधार्न र सशक्त बनाउन दिइएको अधिकार स्थानीय तहका नेतृत्वकर्ताले ‘….को मुखमा कुभिण्डो’ चरितार्थ भएको छ । शिक्षामा व्यावसायिकता, पारदर्शिता र गुणस्तर वृद्धि गरिनुको सट्टा […]
पानी नै जीवन

‘पानी नै जीवन हो’ भन्ने भनाइ केवल शब्दका लागि मात्र बनेको होइन । समस्त प्राणीजगत्को अस्तित्व नै पानीमा निर्भर छ । मानव सभ्यता पानीकै किनारमा विकास भयो, कृषिको आधार पानी रह्यो, जैविक विविधता पानीकै वरिपरि केन्द्रित छ । तर विडम्बना आज विश्व नै पानी सङ्कटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार पृथ्वीमा रहेको […]
राजावादी : टाउको दुखाइ

नेपालमा राजावादी तथा हिन्दुवादी शक्तिहरू एकीकृत भइरहँदा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । यतिबेला मुलुकका गणतन्त्रवादी राजनीतिक दलहरूका आन्तरिक बैठक, सार्वजनिक कार्यक्रमलगायतमा राजावादीहरूलाई कसरी तहमा ल्याउने भन्नेमा केन्द्रित छ । राजावादी ब्यूँताउन खोज्नुको दोष कसरी अर्को दलको टाउकोमा थोपर्ने र राजावादीविरुद्धको बहानामा आफ्नो दलको शक्ति प्रदर्शन गर्ने, दल र तिनका नेताको ध्याउन्न नै यसतर्फ छ […]
नेप्से गिरावट, चिन्ताजनक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार ओरालो लागेको छ । अघिल्लो साता केही सुधार देखिए पनि पुनः गिरावट जारी रहनु गम्भीर चिन्ताको विषय हो । शेयर बजारमा निरन्तर उतारचढाव सामान्य मानिए पनि पछिल्लो समय देखिएको गिरावटले नेपालका लगानीकर्ता, बैंकिङ, बीमा तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने देखिन्छ । नेप्से ओरालो लाग्नुका विभिन्न कारणहरू छन् । […]
रासायनिक मलको अभाव

कृषिप्रधान देश नेपालका किसान हरेक वर्ष मल अभावको मारमा परिरहेका छन् । अहिले चैते धान रोपाइँको समय हो, तर पुनः उही समस्या दोहोरिएको छ । सरकार प्रत्येक वर्ष मल आपूर्तिको प्रतिबद्धता व्यक्त गर्छ । किसान हरेक वर्ष मलकै अभाव बेहोर्न बाध्य छन् । हाम्रो मुलुकमा प्रमुख तीन प्रकारका रासायनिक मल प्रयोग गरिन्छ– युरिया, डिएपी र […]