सर्वोच्च अदालतको फैसलाप्रति वीरगंजका नेताहरूको प्रतिक्रिया

राधेश्याम पटेल, वीरगंज, २८ असार/ प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा दोस्रोपटक संसद् भड्ग गरिएको विरुद्धमा परेको रिट सम्बन्धमा सर्वोच्च अदालतले सोमवार संसद् पुनस्र्थापना गर्दै असार २९ गते साँझ ५ बजेभित्र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ जना प्रतिनिधिसभा सांसदले […]
प्रम ओलीको पक्षमा प्रदर्शन

प्रस, वीरगंज, २८ असार/ सर्वोच्च अदालतले संसद् पुनस्र्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने आदेश दिएपछि प्रधानमन्त्री केपीशर्मा ओली समर्थकले विरोध प्रदर्शन गरेका छन् । युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा वीरगंज र कलैयामा विरोध प्रदर्शन गरिएको छ । वीरगंजमा जिल्ला प्रहरी कार्यालयअगाडिबाट निकालिएको विरोध -यालीले घण्टाघरमा टायर बालेर प्रदर्शन गरेको […]
फैसलाको स्वागत गर्दछु : सभापति देउवा

काठमाडौं, २८ असार/रासस नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतले काङ्ग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको स्वागत गरेका छन् । उनले सोमवार विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।
सर्वोच्च अदालतको फैसला: प्रतिनिभिसभा पुनस्र्थापना, ‘दुर्ई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउनू’

काठमाडौं, २८ असार/रासस सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै दुर्ई दिनभित्र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सोमवार उक्त फैसला सुनाउँदै यही असार २९ गते मड्डलवार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न भनेको […]
खोपका अभावमा नागरिक तड्पिनुपर्दैन –प्रधानमन्त्री ओली

काठमाडौं, २७ असार/रासस कोभिड–१९ विरुद्ध खोपको अभावमा नागरिक तड्पिनु नपर्ने प्रधानमन्त्री केपीशर्मा ओलीले स्पष्ट पारेका छन् । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहमा प्रम ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरूपमा खोप आइरहने विश्वास दिलाए । प्रम ओलीले भने, “खोप उपलब्ध गराएका छौं, खोप आइरहेको […]
राष्ट्रियसभामा बाढीपहिरोदेखि जलवायु परिवर्तनप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं, २७ असार/रासस राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत दिन र कोभिड–१९ को उपचार तथा रोकथाममा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेकपा एमालेकी इन्दिरादेवी गौतमले सरकारले बजेटमा जनजीविकाका विषयवस्तु समेटेर ल्याएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाबीच आवश्यक समन्वयको खाँचो औंल्याइन् । उनले कोभिड–१९ […]
मेलम्ची बजारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ –प्रम ओली

काठमाडौं, २६ असार/रासस प्रधानमन्त्री केपीशर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले शनिवार बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी […]
वीरगंज महानगरले ३ अर्बको बजेट ल्याउँदै

राधेश्याम पटेल, परवानीपुर, ८ असार/ वीरगंज महानगरले असार १०, ११ र १२ गते गर्ने नगरसभाको नौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०७८/७९ को लागि करीब रु ३ अर्बको बजेट ल्याउने तयारी गरेको छ । महानगरका लेखापरीक्षक हरिशङ्कर कुर्मीले रु २ अर्ब ८० करोडदेखि ३ अर्बको बजेट आउने बताए । जसमा आन्तरिक स्रोतबाट रु ६० करोड जुटाउनुपर्ने […]
नयाँ मन्त्रीहरूलाई कामकाजमा रोक

काठमाडौं, ८ असार/रासस सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको मङ्गलवारको संयुक्त इजलासले प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुईपटक विस्तार गरेको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो । प्रधानमन्त्रीले गत जेठ […]
मौलापुरका नगरप्रमुख साह विरुद्ध प्रदर्शन

प्रस, रौतहट, ८ असार/ मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहविरुद्ध प्रदर्शन भएको छ । एमाले माधव समूह र जसपाका उपेन्द्र यादव समूहका स्थानीय नेता, कार्यकर्ताले मौलापुर नगरपालिकाकी प्रमुख साहविरुद्ध मङ्गलवार प्रदर्शन गरेका हुन् । उनीहरूले प्रमुख साहले नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । वडाध्यक्ष रामप्रवेश यादवले नगरपालिकामा आर्थिक अनियमितता चरमसीमामा बढेको आरोप लगाए […]