बागेश्वरी तित्रौना स्वास्थ्य केन्द्रको हरिबिजोग

प्रमोद यादव, पंचगावाँ, १३ वैशाख/ पर्सागढी नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बागेश्वरी तित्रौनामा दरबन्दी अनुसार कर्मचारी अभावका साथै त्यहाँ रहेका उपकरणहरू सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्ने ल्याब मेशीन तीन महीनादेखि बिग्रिएर रहँदा पनि त्यसको मर्मत नगरी त्यत्तिकै राखिएको छ । अहिले केन्द्रको प्रयोगशालामा केवल कीटको माध्यमबाट सीमित […]
ठेकेदारको लापरवाहीले दुर्घटना बढ्दो

प्रस, वीरगंज, १३ वैशाख/ बाराको प्रसौनीदेखि वीरगंज महानगरसम्म १३२ केभी भूमिगत प्रसारण लाइन जडानको ठेक्का सकार गरेको ठेकेदार कम्पनीको ढिलासुस्तीले सो क्षेत्रका मानिसहरूले दुःख पाउनुका साथै सवारी दुर्घटना पनि बढ्दो छ । यो सडकखण्ड भएर भूमिगत प्रसारण लाइनका लागि तार बिछ्याउने क्रममा ठेकेदार कम्पनीले पावरहाउस चोकदेखि लक्ष्मणवा चोकसम्म खनेको थियो । तर महीनौंदेखि खनेको सो […]
नारायणी अस्पतालमा अक्सिजन प्लान्ट बन्द मर्मत खर्च महँगो भयो –प्रवक्ता डा सिंह

राधेश्याम पटेल, परवानीपुर, १२ वैशाख/ कोरोनाकालमा अक्सिजनको समस्या बढेसँगै तत्कालीन सांसद विमलप्रसाद श्रीवास्तवले आफ्नो संसदीय कोषबाट करीब रु दुई करोडको लागतमा नारायणी अस्पताल वीरगंजमा करीब तीन वर्ष अघि जडान गरेको अक्सिजन प्लान्ट अहिले आठ महीनादेखि बन्द अवस्थामा छ । जर्मन प्रविधिको अक्सिजन प्लान्ट अस्पतालले मर्मतसम्भारबापत रकमको जोहो गर्न नसकेर आठ महीनादेखि बन्द भएको हो । […]
आकस्मिकबाहेक स्वास्थ्य सेवाहरू ठप्प

प्रस, वीरगंज, १२ वैशाख/ नेपाल चिकित्सक सङ्घको आह्वानमा शुक्रवार वीरगंजमा पनि सबैखाले स्वास्थ्य संस्थाहरूको सेवा ठप्प पारिए । आवासीय चिकित्सकहरू विगत २३ दिनदेखि चिकित्सा शिक्षा आयोगले तोकेको निर्वाह भत्ता निजी मेडिकल कलेजहरूले नदिएको भन्दै विरोधमा आन्दोलित भएका हुन्। चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णयले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको थियो तर […]
मानव बेचबिखनविरुद्धको अभियानमा चनाखो हुन सरोकारवालाको आग्रह

प्रस, वीरगंज, ११ वैशाख/ मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै गएको छ । मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदा मानव बेचविखनविरुद्धको अभियानमा लागेका सङ्घसंस्था, प्रहरी, प्रशासनलगायत पीडित पक्षले झनै समस्या भोग्नुपरिरहेको छ । आन्तरिकरूपमा देशका विभिन्न जिल्ला तथा सीमावर्ती भारतका विभिन्न स्थानमा विभिन्न प्रयोजनका लागि हुने बेचबिखन, अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयोजनका लागि हुने बेचबिखन तथा ओसारपोसारले महिला, […]
दुई स्थानमा रक्तदान, ९२ जना सहभागी

प्रस, वीरगंज, ११ वैशाख/ वीरगंज महानगरपालिका–१० को आयोजना र घडीअर्वा स्पोट्र्स क्लब, वीरगंज भेट्रान सिटी मनिला फाउन्डेशनको सहआयोजनामा लोकतन्त्र दिवसको अवसरमा बिहीवार वीरगंजमा भएको रक्तदान कार्यक्रममा एकजना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । वडाध्यक्ष सुशील साह कानूको अध्यक्षतामा भएको कार्यक्रमको नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति […]
सुक्खायाम शुरू भएसँगै चापाकलहरू सुक्न थाले पालिकाहरू खानेपानीको विकल्प तयार पार्न असफल

धर्मेन्द्र चौरसिया, पोखरिया, १० वैशाख/ गर्मीयाम शुरू भइसकेको छ र बिस्तारै पर्सा जिल्लाका ग्रामीण क्षेत्रका चापाकलहरू सुक्न थालेका छन् । समयमा वर्षा नहुनाले भूमिगत पानीको सतह कम हुँदै गएपछि चापाकलहरू सुक्न थालेका हुन् । गत वर्षदेखि ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह घट्न शुरू भएर चापाकलहरू सुक्न थालेका हुन् । चापाकल सुक्न थालेपछि स्थानीयहरू खानेपानी संस्थानको […]
बझियानका खेतहरू दुई महीना बाँझो

प्रस, पोखरिया, १० वैशाख/ पर्साको बझियान क्षेत्रका खेतहरू दुई महीना वैशाख र जेठमा बाँझो रहने भएका छन् । पर्याप्त सिंचाइ व्यवस्था नभएकोले गण्डक नहरदेखि दक्षिणतर्फको बझियान क्षेत्रमा बर्सेनि गहुँबाली भिœयाएपछि खेतहरू दुई महीनाका लागि बाँझो रहन्छन् । नहरसँग जोडिएका र सिंचाइ सुविधा भएका पाँच प्रतिशत खेतमा मात्र चैते धानबाली लगाइन्छ भने बाँकी खेतहरू बाँझो रछन्छन् […]
महानगरले सहयोग रोकेपछि मानवसेवा आश्रम सञ्चालनमा अप्ठेरो

प्रस, वीरगंज, ९ वैशाख/ मानवसेवा आश्रम वीरगंज अहिले चरम आर्थिक समस्यामा परेको छ । वीरगंज महानगरपालिकाले स्थापनाकालदेखि नै आश्रमलाई दिंदै आएको मासिक एक लाख सहयोग अहिले नदिएपछि आश्रम आर्थिक समस्याग्रस्त भएको हो । महानगरले आश्रम स्थापना भएको २०७४ जेठ १५ गतेदेखि नै मासिक रु एक लाख सञ्चालनार्थ सहयोग गर्दै आएको थियो । अहिले महानगरले चालू […]
बिहे भाँडेको आरोपमा बेहुलासहित पाँचजनालाई कैद, जरिवाना

प्रस, वीरगंज, ९ वैशाख/ बितेको सवा वर्ष अघि दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नगरी मण्डपबाट हिंडेको आरोप लागेका बेहुला, उनका बुबासहित पाँचजनालाई पर्सा जिल्ला अदालतले कैद जरिवानासहित दाइजोमा लिएको नगद रकम फिर्ता गर्न आदेश गरेको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले म·लवार बेहुलासहित पाँचजनालाई विवाहसम्बन्धी कसूरमा जनही पाँच÷पाँच हजार जरिवाना […]