स्थानीय तहमा करार सेवाका कर्मचारीको हालीमुहाली जनप्रतिनिधिको हस्तक्षेपले पारदर्शिता र जवाफदेहिता गुमाउँदै

प्रमोद यादव, पंचगावाँ, २७ वैशाख/ पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारीहरूको प्रभावशाली भूमिका बढ्दो छ । स्थायी दरबन्दी अनुसार कर्मचारीको समुचित व्यवस्थापन नहुँदा अधिकांश पालिकामा करीब ७५ प्रतिशत कर्मचारी प्रमुख/अध्यक्ष तथा अन्य जनप्रतिनिधिको सिफारिशमा करारमा कर्मचारी नियुक्त गरिएको तथ्य स्थानीय स्रोतहरूले जनाएका छन् । सखुवाप्रसौनीका प्रभु यादव भन्छन्, “सेवाग्राहीहरू कार्यालयमा पुग्दा […]
पोखरियामा माटो पार्कको शिलान्यास

प्रस, पोखरिया, २७ वैशाख/ पर्साको पोखरिया नगरपालिका वडा नं ९ मा ‘मधेस माटो पार्क’ निर्माणको शनिवार शिलान्यास गरिएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्तरूपमा सो पार्क निर्माणको शिलान्यास गरेका हुन् । मुख्यमन्त्री सिंहले उक्त पार्कमा हाल पर्खाल र मुख्य प्रवेशद्वार निर्माणका लागि प्रदेश सरकारले चालू […]
ओभरहेड खानेपानी टङ्की निर्माणको शिलान्यास

प्रस, वीरगंज, २७ वैशाख/ वीरगंज महानगरपालिका वडा नं १६ नगवामा खानेपानी वितरणका लागि करीब रु चार करोड ५० लाखको लागतमा ओभरहेड टङ्की निर्माण कार्य शुरू भएको छ । शनिवार सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले उक्त खानेपानी ओभरहेड टङ्कीको शिलान्यास गरेका हुन् । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख एवं नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमान सिंह […]
५९ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २७ वैशाख/ वीरगंजमा शनिवार नेपाल इनोभेटिभ सोसाइटी पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । गहवामाई मन्दिर अगाडिको पार्कमा आयोजित कार्यक्रममा छजना महिलासहित ५९ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा अस्मिता थापा, पूजा खत्री, ईशा बराल, समीक्षा लिङ्का, शोभा बस्नेत, कमल चौगाईंलगायतका रहेको नेपााल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा […]
सामुदायिक विद्यालयमा समिति गठनको लागि निर्देशन

प्रस, परवानीपुर, २७ वैशाख/ वीरगंज महानगरपालिकाले महानगर अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले वैशाख २४ गते जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको हो । महानगरपाालिकाका ३२ वटै वडामा गरी ९० भन्दा बढी सामुदायिक विद्यालय छन् । महानगरमा सञ्चालित कतिपय सामुदायिक विद्यालयहरूमा […]
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट

कीभ, युक्रेन, २७ वैशाख/एएफपी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिवार युक्रेनको राजधानी कीभको संयुक्त ऐतिहासिक भ्रमण गरेका छन् । यो भ्रमण युक्रेनमा रूसी आक्रमणको तेस्रो वर्षमा आयोजित भएको हो, जसले युरोपेली एकता, मानवीय मूल्य र युक्रेनप्रति दृढ समर्थनलाई स्पष्ट रूपमा उजागर गर्छ । […]
अप्रत्यक्ष वार्ताको अर्को चरण ओमानमा हुने
तेहरान, २७ वैशाख/सिन्ह्वा इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग हुने आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् । ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ । उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित […]
राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूको भ्रमण
वाशिङ्टन, २७ वैशाख/एएफपी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमवार साउदी अरेबिया, कतार तथा संयुक्त अरब इमिरेट्सको भ्रमणमा जानेछन् । दोस्रो कार्यकालको प्रमुख अन्तर्राष्ट्रिय भ्रमणका रूपमा रहेको यो यात्राले आर्थिक सहकार्य सुदृढ गर्नुका साथै मध्यपूर्वको जटिल परिस्थितिमा कूटनीतिक संवादलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । यस भ्रमणलाई ह्वाइट हाउसले ‘ऐतिहासिक पुनरागमन’को रूपमा व्याख्या गर्दै […]
भारतले ३२ विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्यो
नयाँ दिल्ली, २७ वैशाख/सिन्ह्वा पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायीरूपमा बन्द गर्ने निर्णय गरेको छ । पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीरलगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा […]
घण्टाघरमा शीतल जलको सेवा

प्रस, वीरगंज, २७ वैशाख/ तरार्ई–मधेसमा केही दिनयतादेखि बढ्दै गइरहेको गर्मीले जनजीवन कष्टकर बनेको बेला वीरगंजको घण्टाघर चोकमा एक परोपकारी संस्थाले निश्शुल्क चीसो खानेपानीको व्यवस्था गरेको छ । सर्वसाधारण र बटुवाहरूलाई गर्मीबाट राहत दिने उद्देश्यले शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानले घण्टाघर चोकमा शनिवारदेखि निश्शुल्क चीसो खानेपानी वितरण गर्न शुरू गरेको हो । उक्त कार्यक्रम तीन […]