मानवताविरुद्धको आतड्ढ
भारत प्रशासित जम्मु–कश्मीर राज्यको प्रसिद्ध पर्यटकीय गन्तव्य पहलगाममा हालै भएको आतङ्ककारी हमला सम्पूर्ण मानवताविरुद्धको जघन्य अपराध हो । पर्यटकहरू चढेको बसमा भएको सो हमलामा विभिन्न देशका नागरिकहरू मारिए, जसमा एकजना नेपाली नागरिकको समेत ज्यान गयो । यस्तो निन्दनीय, अमानवीय र कायरतापूर्ण घटनाको जति भर्त्सना गरे पनि कम हुन्छ । प्राप्त विवरण अनुसार आक्रमणमा पाँचजना भारतीय, […]
अपरिहार्य छ लोकतन्त्र

•धर्मेन्द्र झा वैशाख ११ देश २०औं लोकतन्त्र दिवसको उत्साहको अवस्थामा छ । आजकै दिन दुई दशक अघि नेपालको लोकतान्त्रिक आन्दोलनको परिणामले एक किसिमले मूर्तरूप लिएको थियो । २०६२ सालको चैतमा प्रारम्भ भएको दोस्रो जनआन्दोलनको पटाक्षेप भएको दिन हो २०६३ को वैशाख ११ । दोस्रो जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाई लोकतन्त्र […]
दाइजोप्रथा गम्भीर अपराध
नेपाली समाज आधुनिकताको लहरमा बगिरहेको देखिए पनि केही सामाजिक कुरीतिहरू यस्ता छन्, जुन गहिरोरूपमा जरा गाडेर बसेका छन् । दाइजोप्रथा त्यसैमध्ये एक हो—एक यस्तो सामाजिक क्यान्सर, जसको उपचारका अनेकौं प्रयास भए तापनि आजसम्म पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । झट्ट हेर्दा देखिने गरी सल्किएको छैन जस्तो लागे पनि, भित्रभित्रै यो कुरीतिले आज पनि थुप्रै […]
निजामती आन्दोलनको तयारी
शिक्षकहरूको आन्दोलन सङ्घीय राजधानी काठमाडौं केन्द्रित भइरहेको बेला निजामती कर्मचारीहरू पनि आन्दोलनको तयारीमा जुटेका छन् । तयारी अन्तर्गत सङ्घीय निजामती सेवा ऐनको शीघ्र कार्यान्वयनलगायत १० सूत्रीय मागसहित प्रायः सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइयो । आन्दोलन चरणबद्ध रूपमा चर्काइने घोषणा गरिएको छ । सङ्घीय संरचना अनुसार तीन तहका सरकारबीच कर्मचारी व्यवस्थापन र समायोजनको विषय […]
बन्दरगाह शुल्कको असर
संंयुक्त राज्य अमेरिकाले चीननिर्मित वा चीनको सञ्चालनमा रहेका जहाजहरूमाथि नयाँ बन्दरगाह शुल्क लगाउने घोषणा गरेको छ । यो घोषणासँगै अमेरिका–चीन भन्सार युद्धको अर्को अध्याय शुरू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा सन् २०१८ मा शुरू भएको यो आर्थिक प्रतिस्पर्धा अब ‘स्ट्राटेजिक सेक्टर’ अर्थात् जहाज निर्माण र समुद्री ढुवानी क्षेत्रमा प्रवेश गरिसकेको छ । […]
आउँदो मनसुन र सम्भावित महामारीको जोखिम

•डा शेरबहादुर पुन “यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रूपमा देखिएला रु” यो प्रश्नको तत्काल सटीक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आएको इतिहास छ । यसमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको […]
धार्मिक, सामाजिक सद्भावको गढ : गढीमाई मेला

• डा शोभाकर पराजुली हरेक पाँच वर्षमा एकपटक ‘गढीमाई’को चर्चा परिचर्चा चुलिने गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा बहस हुने यो मेला यसपालि पनि चलिरहेकै छ । हरेक पाँच वर्षमा मङ्सिर १ गतेदेखि शुरू हुने यो मेला एक महीनासम्म चल्छ । मधेसका विभिन्न जिल्लाका ११ स्थानमा यो मेला लाग्छ । तर सबैभन्दा धेरै भने बाराको बरियापुरको […]

नेपाल र चीनबीचको सम्बन्धको आधार नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । नेपाल र चीन, दुई पुराना सभ्यताका प्रमुख मित्रराष्ट्रहरू, अनादिकालदेखि नै आपसमा गहिरो सम्बन्ध राख्दै आएका छन् । हिमालय पर्वतको शृङ्खला र विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक पक्षहरूले जोडिएका यी दुई देशबीचको सम्बन्ध औपचारिक र अनौपचारिक तहमा […]
आयुर्वेद प्रतिष्ठानको आवश्यकता

♦प्राडा चन्द्रराज सापकोटा आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ । आयुर्वेद क्षेत्रको उन्नयनका लागि गरिनुपर्ने कार्यहरू लामो समयदेखि रोकिएका छन् । स्वास्थ्यको क्षेत्रमा सबैभन्दा पुरानो विधा आयुर्वेद हो । आयुर्वेदपछि अन्य विधाहरू पनि यसमा संलग्न हुन आए । नेपालको सन्दर्भमा पनि जेठो […]
शेयर बजारको उत्साह कायम रहला ?

♦ऋषभ गौतम शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैंक–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले ओगटेका थिए । बैंक–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ । खासगरी शेयर बजारमा जलविद्युत् कम्पनीहरूको उपस्थिति बढिरहँदा बैंकहरूको हिस्सा घटेको देखिन्छ । पछिल्ला […]