वीरगंज ब्यारेकका सिपाहीको आत्महत्या प्रयास

प्रस, वीरगंज, ७ असार/ वीरगंजलस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले आत्महत्याको प्रयास गरेका छन् । आफैंले बोकेको एन–१६ राइफलबाट आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ । गएराति करीब साढे ८ बजे पर्सा जिल्ला पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबूप्रसाद चौहानले ब्यारेकभित्रै पोस्टमा खटेको बेला आत्महत्याको प्रयास गरेका हुन् […]

गोली प्रहार गर्दै ज्वेलर्समा डाँकाजनी

प्रस, महोत्तरी, ३ असार/ महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित एउटा सुनचाँदी पसलमा डाँका समूहले गोली प्रहार गर्दै धनमाल लुटेर लगेको छ । बुधवार राति भएको डाँकाजनीमा डाँका समूहले प्रहार गरेको गोली लागेर पसल सञ्चालक घाइते बनेका छन् । सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको नजीकै राजीव ज्वेलर्समा डाँकाजनी भएको हो । ज्वेलर्स सञ्चालक स्थानीय वीरेन्द्र साहको घरमा राति […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्