मांसमदिरा बेच्नेलाई कारबाई गर्ने मुख्यमन्त्रीको चेतावनी

जनकपुर, १६ पुस/रासस मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाई गर्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री सिंहले मङ्गलवार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा जनकपुरधामको धार्मिक, सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे । जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार […]

ज्येष्ठ नागरिकका लागि बुढ्यौली समाज

प्रस, सिराहा, ५ भदौ/ ज्येष्ठ नागरिकको सहयोगार्थ  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–२ भवानीपुरमा ‘बुढयौली समाज जनसहयोग अभियान’ सञ्चालन भएको छ। कामको अनुभव, ज्ञान र सीप हुँदाहुँदै पनि पारिवारिक अलगाव, एक्लो तथा अपमानको सामना गरिरहेका ज्येष्ठ नागरिहरूको सहयोगका लागि अभियान सञ्चालन गरिएको स्थानीय रामजी साहले बताए। सामाजिक क्षेत्रमा लामो काम गरेका साह पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै […]

पत्रकार यादवको दुर्घटनामा मृत्यु

जनकपुर, ११ वैशाख/रासस धनुषामा सडक दुर्घटनामा परी मङ्गलवार एकजना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । आज बिहान आफैंले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केबर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किएर पत्रकार यादव गम्भीर […]

मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन

प्रस, निजगढ, १७ माघ/ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको खोलामा स्थानीय तहको गैरजिम्मेवारी र ठेकेदार कम्पनीको चरम लापरवाही देखिएसँगै मापदण्ड पूरा गरेर मात्र नदीजन्य पदार्थ उत्खनन, ओसारपोसार र घाटगड्डी गर्न निर्देशन दिइए पनि बालगङ्गा खोलामा स्थलगत निर्देशनलाई बेवास्ता गरेको पाइएको छ । जिल्ला समन्वय समिति, बाराका प्रमुुख नरेन्द्रकुुमार साहको नेतृत्वमा मङ्गलवार गएको अनुुगमन टोलीले पसाहा, बालगङ्गा, दुुधौरा […]

प्याब्सन जुनियर फूटबलको उपाधि साउथजोनले जित्यो

प्रस, वीरगंज, १७, माघ/ प्याब्सन अन्तरविद्यालय जुनियर फूटबल प्रतियोगिताको उपाधि साउथजोन माविले जितेको छ । प्याब्सन वीरगंज महानगरको आयोजनामा मधेस प्रदेश विपद् व्यवस्थापन गुल्मको खेलमैदानमा बुधवार सम्पन्न फाइनल खेलमा लिटिल फ्लावर माविलाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै साउथजोनले उपाधि जितेको हो । साउथजोनका कप्तान रितिक चौधरी र आयुष चौरसियाले एक/एक गोल गरेका थिए । […]

सर्लाहीमा राष्ट्रिय परिचयपत्र वितरण शुरू

नितेश कर्ण, वीरगंज, ५ भदौ/ जिल्ला प्रशासन कार्यालय, सर्लाहीले सोमवारदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेको छ । परिचयपत्र लिने पहिलो सेवाग्राही लालबन्दी नगरपालिका–६, निवासी शङ्कर श्रेष्ठ, दोस्रो सेवाग्राही ब्रह्मपुरी गाउँँपालिका–४ निवासी सुनीलकुमार साह र तेस्रो कौडेना गाउँँपालिका–१ निवासी रामकिशोर महतोलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले राष्ट्रिय परिचयपत्र वितरण […]

७१ कोठे जनक भवन निर्माण सम्पन्न

प्रस, जनकपुरधाम, ९ साउन/ जनकपुर उपमहानगरपालिकाकाको लगानीमा निर्मित जनक भवनको उद्घाटन भएको छ । उपमहानगरका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा जनक भवनको उद्घाटन गरेका हुन्् । आठ करोड १३ लाख रुपियाँ लगानीमा निर्माण भएको भवनको छ वटा तला र ७१ वटा कोठा छन् । प्राचीन मिथिलाका राजा जनकको दरबारकै झझल्को दिनेगरी बनाइको […]

एक दशकमा पाँच हजार परिवारलाई पक्की भवन

प्रस, सिरहा, ९ साउन/ बितेको एक दशकमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रम अन्तर्गत उनीहरूले भवन पाएका हुन् । कार्यक्रम अन्तर्गत आर्थिक ०६६–०६७ देखि ०७७–०७८ सम्म सिरहाका २,३७७ र सप्तरीका २,५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास […]

नेका धनुषा कार्यालयमा अनशन जारी

प्रस, जनकपुरधाम, ८ साउन/ नेपाली काङ्ग्रेस धनुषाको जिल्ला पार्टी कार्यालय जनकपुरमा शुक्रवार पनि रिले अनशन जारी रह्यो । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काङ्ग्रेस केन्द्रीय कार्यालय काठमाडौंमा अनशनरत पार्टीका नेता तथा धनुषाका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा बिहीवारदेखि जनकपुरमा पनि अनशन शुरू गरिएको हो । धाँधली गरी पार्टी सदस्यता वितरण गरिएकाहरूको क्रियाशील सदस्यता खारेज गर्नुपर्ने […]

सर्लाही काङ्गे्रसमा पनि भाँडभैलो

प्रस, सर्लाही, ८ साउन/ काङ्ग्रेस केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई उनको आफ्नै जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरूले कारबाईको माग गरेका छन् । सर्लाहीका १२ जना पार्टी नेताले पार्टी सभापति शेरबहादुर देउवालाई बिहीवार दिउँसो पत्र पठाएका छन् । यसरी पत्र पठाउनेहरूमा सर्लाहीका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायत छन् । प्रतिनिधिसभाका सदस्य नेता अमरेश सिंहले […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्