रहस्यको खजाना हो ब्रह्माण्ड

यस शताब्दीको सबैभन्दा ठूलो खोज गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पहिलो चोटी गुरुत्वाकर्षण तरङ्गहरूको झलक पाएको दाबी गरेका छन्। आइन्स्टीनले सापेक्षताको सिद्धान्त खोज गरेको ठीक १०० वर्षपछि वैज्ञानिकहरूले अति महत्वपूर्ण खोज गरेका हुन्। यस्तो अनुमान छ कि यस खोजपछि मानिसलाई ब्रह्माण्डका आश्चर्यजनक रहस्यहरूबारे थाहा हुनेछ। यी तरङ्गहरू प्रकाश तरङ्गभन्दा एकदमै भिन्न छन्। वैज्ञानिकहरू यी तरङ्गहरूलाई ग्रेभिटेशनल वेभ्स […]
हामी चैतन्य छौं कि यो भ्रम मात्र हो
चेतनता वा कान्ससनेस यस्तो चुनौती हो, जसको सम्यक समाधान वर्तमान वैज्ञानिक उपलब्धिहरूको परिक्षेत्रभन्दा बाहिरको विषयवस्तु भन्न सकिन्छ। सम्भवतः यही कारण हो कि वैज्ञानिकहरूले यसलाई आजको समयको सबैभन्दा गम्भीर वैज्ञानिक चुनौतीहरूमा सम्मिलित गरेका छन्। उनीहरूले यस्तो भन्नुका पछाडिको कारण पनि स्पष्ट छ। हाम्रो खुट्टामा चोट लाग्दछ भने यो चोट, भौतिक घटनाक्रम भएर पनि, एउटा चैतन्य घटनाक्रमलाई […]
नवजागरणको प्रभातबेला

व्यक्तिको आन्तरिक उत्कृष्टताको आधारमा यो सुनिश्चित हुन्छ कि ऊ कति सुखी रहन्छ र आफ्नो सम्पर्क क्षेत्रलाई शािन्त एवं प्रगतिबाट कसरी लाभान्वित पार्छ। परिस्थितिहरू मनःस्थितिका प्रतिक्रिया मात्र हुन्, मानिस त आफ्नो भाग्यको निर्माता आफैं हो। यस सनातन तथ्यलाई कसैले पनि आफ्नो चिन्तन र चरित्रका अनुरूप उत्थान र पतनको अवसर प्रस्तुत गर्दै देख्न सक्दछ। यसै आधारमा वर्तमानका […]
स्वस्थ शरीरको अनुदान

वर्तमान परिस्थितिमा एउटा अनपेक्षित घटनाक्रम हाम्रो आँखा सामुन्ने देखिइरहेको छ र वर्तमान समयको समस्याहरूमध्ये सम्भवतः त्यसलाई एउटा महत्र्वपूर्ण चुनौतीको रूपमा हेर्न र अनुभव गर्न सकिन्छ। यो चुनौती मानवताका सम्मुख एउटा विडम्बनाको रूपमा उजागर भएको छ, अतः यसको तत्काल र समुचित समाधान गर्नु हाम्रो प्रमुख दायित्व बन्न पुगेको छ। यो समस्या मानवताको सामु यस प्रकार टड्कारो […]
वैज्ञानिक अध्यात्मको सामयिक प्रतिपादन

आज मानव समुदाय यस पृथ्वीमा एकछत्र राज्य गरिरहेको देखिन्छस किनकि अन्य प्राणीहरूको तुलनामा हामीमा परस्पर सहयोग एवं सहकारको क्ष्Fमता कैयौं गुना बढी छ। एउटा हात्तीलाई एकजना मानिसले परास्त गर्न असम्भव होला, तर १५–२० जना मिलेर एउटा रस्साले बाँध्ने काम सहज गर्न सक्छन्। स्पष्ट छ कि मानिसको शक्ति मानवतामा सन्निहित छ। बितेका दिनमा भएका शोधहरूले यस […]
उत्कृष्ट र पवित्रतम् भावना हो प्रेम
मानवजीवनका अनेक अनुभूतिलाई विभिन्न माध्यमबाट र तार्किकरूपले बुझ्न र बुझाउने प्रयास हाम्रो समाजमा भइरहन्छ र यी अनुभूतिमा जुन अनुभूतिलाई सबैभन्दा बढी परिभाषित गर्ने प्रयास गरिएको छ, त्यो हो– प्रेम। अनुभूतिहरूको यथार्थ अभिव्यक्ति हुन सकोस्, त्यसलाई परिभाषा र शब्दको तर्कजाल आदिमा बाध्न सकौं, यो पूर्णरूपले सम्भव छैन तर पनि यसको लागि पूरै प्रयास गरिन्छ। जसरी मीठो, […]
यश र लाभ दुवै कसरी प्राप्त गर्ने

आफ्नो जिम्मारहेको कामलाई समग्र तत्परता एवं तन्मयताका साथ गर्नु यस्तो विधि हो, जसबाट काममा रस प्राप्त हुन थाल्छ। झर्को र थकाइ नजीक आउनै सक्दैन। कार्य प्रतिष्ठाको प्रश्न बन्न पुग्छ। त्यसलाई कर्मयोगको साधना ठानेर निष्ठापूर्वक गर्ने मनोयोग प्राप्त हुन्छ। यस्तो स्वभावले काम राम्ररी हुन थाल्छ, छिटो पनि हुन्छ, राम्रो पनि र उत्तम पनि। तन्मयता जोडिंदा काम […]
आभार व्यक्त गर्न नबिर्सौ
धन्यवाद शब्द हाम्रो व्यवहारमा सामेल भइसक्यो तर आभार, कृतज्ञता आदि यस्ता सुन्दर शब्द छन्, जसको अर्थ गहिरो हुन्छ। यसको अनुभव हामी दैनिकी जीवनमा गर्छौं। यी शब्दहरूलाई, यससँग जोडिएका भावनालाई जब हामी आफ्नो जीवनमा, आफ्नो कार्यमा उतार्छौं, तब यो न केवल हाम्रो व्यक्तित्वलाई गौरव प्रदान गर्छ, बरु अरूलाई पनि खुशी प्रदान गर्छ। आभार एउटा यस्तो भावना […]
मनोमय कोशको स्वरूप एवं साधना–पद्धतिको सार्वभौमिकता
अन्नलाई हाम्रो ग्रन्थमा जीवनको आधार बताइएको छ। अन्न यस शरीरमा स्थूल र सूक्ष्म दुई प्रकारले जानिन्छ। स्तूल अन्न शरीरलाई बलवान बनाउँछ र सूक्ष्म अन्न हाम्रो मन–मस्तिष्कको खुराक बनेर हाम्रो आत्मालाई–हाम्रो प्राणलाई उच्च बनाउँछ। अन्नको रक्त, मज्जा, वीर्याादि परिणामले प्राप्त हुने कार्यको लागि ६ कोशहरूमध्ये एउटा कोश अन्नमय हुन्छ। अन्नमयकोशको सम्बन्ध मनसँग हुन्छ। हामीले खाएको अन्नको […]