नदीजन्य पदार्थ उत्खनन नगराउन पुनः अदालतद्वारा अन्तरिम आदेश
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/nadijanya-1024x628.jpg)
जीतलाल श्रेष्ठ, निजगढ, २२ माघ/ बारा जिल्लाको निजगढ नगरपालिका र कोल्हवी नगरपालिकालाई नदीजन्य पदार्थ उत्खनन नगर्न, नगराउन, नदिनु, नदिलाउन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले यही माघ १४ गते सोमवार जारी गरेको अल्पकालीन अन्तरिम आदेशको पूर्णरूपमा पालना गर्न, गराउन पुनः एक साताका लागि मङ्गलवार आदेश जारी गरेको छ । आजको बहसमा ६ नं इजलासका न्यायाधीश […]
मामाघर आएका अंश छ दिनदेखि बेपत्ता
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/mamaghar-1024x882.jpg)
प्रस, परवानीपुर, २२ माघ/ जीतपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलबाट तीन वर्षीय बालक छ दिनदेखि बेपत्ता छन् । रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका–१ भङ्गाहापिप्रा निवासी रितेश चौधरीका छोरा अंश चौधरी यही माघ १७ गते बिहीवार बिहान साढे नौ बजेदेखि बेपत्ता भएका हुन् । विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको र जीतपुर बजारसम्म पुगेको सिसिटिभी फुटेजबाट देखिएको छ । बिहान […]
अभिभावकको विरोधपछि शिक्षक नियुक्तिको सूचना स्थगित
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/abhibhawakako-1024x540.jpg)
प्रस, बिरुवागुठी, २२ माघ/ पर्सागढी नगरपालिका–५ पचरूखीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुअर्वासिरामा मावि तहको शिक्षकको दरखास्तको सूचना स्थगित भएको छ । सङ्घीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानको मावि तहको नेपाली, अङ्ग्रेजी र गणित विषयमध्ये एकको पदपूर्ति गर्नुपर्नेमा विद्यालयले शिक्षा नियमावलीविपरीत गोप्य सूचनाको आधारमा गणित विषयको शिक्षक नियुक्ति गर्न लागेको भन्दै स्थानीय अभिभावकहरूले विद्यालयमा पुगेर सो कार्यको […]
पर्सागढी नपाका दुई सय बिघामा मकैखेती
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/parsagadhi-1-1024x478.jpg)
बलिराम शुक्ला, बिरुवागुठी, २२ माघ/ पर्सागढी नगरपालिकामा दुई सय बिघा बढीमा मकैखेती गरिएको छ । पर्सागढी नगरपालिका वडा नं ३ र ४ मा मुख्यतः मकैबाली गरिएको छ । वडा नं ३ को झबराहा, भुलिटार, बिरुवा, बडनिहार गरी करीब ६० बिघा र वडा नं ४ को बर्वाछटौली, हरदासपुरमा ७० बिघा जग्गामा मकैखेती गरिएको छ । पर्सागढी […]
ईरिक्शा चालकद्वारा ट्राफिकलाई ज्ञापन
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, परवानीपुर, २२ माघ/ पर्सा जिल्लाका ईरिक्शा चालकहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सामा ज्ञापन दिंदै बारा जिल्लाका ईरिक्शाहरूलाई पर्सामा अनधिकृत प्रवेशमा रोक लगाउन माग गरेका छन् । पर्साका ईरिक्शाहरूलाई बारा जिल्ला प्रवेशमा रोक लगाइएको र यात्रुहरूसहित बारा जिल्ला प्रवेश गर्दा प्रसौनी अघि जान नदिने गरेको तर त्यहाँका ईरिक्शाहरू भने निर्बाधरूपमा पर्साका विभिन्न स्थानहरूमा प्रवेश गरिरहेकाले […]
चिकित्सकको आन्दोलनमा नेविसङ्घको ऐक्यबद्धता
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/chikitsak-1024x364.jpg)
प्रस, वीरगंज, २२ माघ/ नारायणी अस्पताल, वीरगंजमा पाँच सय शøयाको भवन निर्माणका लागि अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले शुरू गरेको आन्दोलनप्रति नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ, पर्साले समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ । पाँच वर्ष अघि मन्त्रिपरिषद्को बैठकबाट नारायणी अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गर्दै पाँच सय शøयाको पाँच तले भवन निर्माणका लागि बजेट […]
जीर्ण विद्यालय भवन आफैं भत्कियो
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/jirn-bidhyalay-1024x451.jpg)
प्रस, परवानीपुर, २२ माघ/ पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–२ स्थित चेरगाहमा रहेको नवगावा माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चार कोठे विद्यालय भवन मर्मतसम्भार नभएर जीर्ण अवस्थामा थियो । निर्माण कार्य आधा अधूरा रहेको सो चार कोठे भवनमा झ्याल, ढोका जडान गरिएको थिएन भने प्लास्टर […]
अपाङ्गलाई ह्वीलचेयर प्रदान
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/apanglai.jpg)
प्रस, वीरगंज, २२ माघ/ उपकार सेवा नेपालले मङ्गलवार वीरगंज महानगरपालिका–१ छपकैयामा दुईजना अपाङ्गलाई ह्वीलचेयर सहयोग गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले हालै सो स्थानमा जनमत पार्टी, पर्साले आयोजना गरेको निश्शुल्क आँखा शिविरमा स्थानीय रञ्जन दास र श्यामनाथ तुराहा शारीरिकरूपमा पूर्ण अपाङ्ग भएका र उनीहरूको आर्थिक अवस्था पनि कमजोर भएकोले उपकार सेवा नेपालमार्फत ह्वीलचेयर सहयोग […]
विद्यार्थीलाई सुइटर सहयोग
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, वीरगंज, २२ माघ/ जनमत पार्टी, पर्साका नेता बृजेश्वरप्रसाद चौधरीले जगरनाथपुर गाउँपालिकामा रहेको इस्मालिया दारुल कुरान मदर्सामा अध्ययनरत विद्यार्थीलाई सुइटर सहयोग गरेका छन् । मङ्गलवार चौधरीले गरीब, विपन्न २० जना बालबालिकालाई सुइटर प्रदान गरे । चीसोबाट विद्यार्थीलाई राहत पु-याउने उद्देश्यले सुइटर सहयोग गरेको चौधरीले बताए । कार्यक्रममा मदर्साका शिक्षक मौलवी मुफ्ती सगीर अहमदलाई चौधरीले २० […]
वैदेशिक अध्ययन देशलाई घाटा
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/sampadkiya-1024x759.jpg)
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको विवरण अनुसार पछिल्ला छ महीनामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब तीन करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब ९५ करोड रुपैयाँ विदेशिएको थियो । यो आँकडा अघिल्लो वर्षभन्दा केही घटेको देखिए पनि विगतका वर्षहरूदेखि अध्ययनको नाममा नेपाली मुद्राको निरन्तर बाहिरिने […]