प्रतिष्ठानद्वारा मन्त्री साह अभिनन्दित

107

प्रस, गरुडा, १० माघ/
शिक्षा विकास तथा समन्वय एकाइ रौतहट र जुद्ध माध्यमिक विद्यालय गौरले सङ्घीय सरकारका शहरी विकासमन्त्री प्रभु साहलाई अभिनन्दन गरेका छन्।
रौतहट सदरमुकाम गौरमा आयोजित रौतहटका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकहरूसितको शैक्षिक अन्तत्र्रिmयामा दुवै संस्थाले मन्त्री साहलाई अभिनन्दन गरेका हुन्।
देशको चौथो जेठो विद्यालय जुमावि गौरमा नै अध्ययन गरेका मन्त्री साहलाई विद्यालयका प्रधानाध्यापक चन्देश्वर प्रसादले दोसल्ला ओढाएर अभिनन्दनपत्र हस्तान्तरण गर्दै विद्यालयमा अडोटोरियमको आवश्यकता रहेकोले सम्भव भएसम्म निर्माणको व्यवस्था गरिदिन आग्रह गरेका थिए। जवाफमा मन्त्री साहले आफूले कतैबाट व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
शिक्षा विकास तथा समन्वय एकाइ रौतहटको आयोजनामा भएको अन्तत्र्रिmया कार्यक्रममा मन्त्री साहले देशको सबैभन्दा पुछारमा रहेको रौतहटको शिक्षालाई सबैभन्दा माथि एक नम्बरमा ल्याउन अनेक चुनौती भएपनि शिक्षकहरूले चाहेमा सम्भव भएको बताएका थिए। जिल्लावासीको नाताले सरकारमा एकजना मन्त्रीको रूपमा आफूले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताउँदै मन्त्री साहले शिक्षाको विकासको लागि यससित सम्बन्धित हरेक पक्षले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।
जिल्लाका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको अन्तत्र्रिmया कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले आआफ्ना विद्यालयका समस्या, शिक्षकका समस्या, जिल्लाको शैक्षिक समस्या तथा समग्र शिक्षाका समस्याहरूबारे खुलेर बोलेका थिए। जिल्लामा बहालवाला कुनै मन्त्रीको अगुवाइमा पहिलोपटक शिक्षकहरूले आआफ्नो समस्या राख्न पाएकोमा खुशी व्यक्त गरेका थिए।
कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहा, विघटित प्रतिनिधिसभाका सांसदहरू समिना हुसेन, रेखा झा, नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य मणिशङ्करलाल निधिलगायतको  सहभागिता थियो।
जिल्लाका केही शिक्षक सङ्गठनहरूले कार्यक्रमलाई बहिष्कार गर्न विज्ञप्ति जारी गरेका थिए। कार्यक्रमको अध्यक्ष शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका प्रमुख रामविनयकुमार सिंहले अध्यक्षता गर्दै जिल्लाको शैक्षिक वस्तुस्थितिमाथि प्रकाश पारेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्