संसद् विघटनले देशमा संवैधानिक शून्यता ल्यायो –नेत्री सङ्ग्रौला

124

प्रस, वीरगंज, ५ माघ/
नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान सांसद डिला सङ्ग्रौलाले प्रधानमन्त्री केपीशर्मा ओलीले संविधानको अपहरण गरी देशमा संवैधानिक शून्यता ल्याएर गणतन्त्रमाथि प्रहार गरेको बताएकी छन्।
सोमवार प्रेस युनियन, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री सङ्ग्रौलाले प्रम ओलीले गरेको संसद् विघटन पुनबर्हाली हुनुपर्ने बताइन्। उनले नेकाको एजेन्डा संसद् पुनर्बहाली रहेको हुँदा देशभरि विरोध कार्यक्रम शुरू भइसकेको बताइन्।
उनले नेकाको केन्द्रीय कमिटीले  संसद् पुनर्बहाली गर्ने निर्णय गरेको तर सोको अनर्गल प्रचार भइरहेकोमा दुःख व्यक्त गरिन्। उनले बहुमतको नेकपा सरकार चलाउन प्रम ओली असफल भएको बताइन्। पार्टीको आन्तरिक झगडा मिलाउन नसकेको कारण रिसले मात्तिएर प्रम ओलीले संसद् विघटन गरेको बताइन्।
नेत्री सङ्ग्रौलाले देशमा भ्रष्टाचार बढेको, सुशासन, विकास, शान्ति हराउँदै गएको आरोप लगाइन्। सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँसम्म पसेकोले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पनि असफल भएको बताएन्। उनले किसानहरूलाई चाहिने मल, बीउ, उखुको भुक्तानी दिन नसकेको सरकारको कारण उखु किसानहरू पीडित भएको बताइन्।
सङ्गौलाले संसद् विघटनको कारण संविधान भुमरीमा फसेकोले पश्चिमा शक्तिहरू देशमा हावी हुँदै गएकाले अहिले राजा आऊ देश बचाऊ नारा घन्किएको बताइन्।
प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति अजय द्विवेदी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, अरविन्द गुप्तालगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन किशोर सिंहले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्